May 17, 2021, Monday

प्रचण्ड-नेपाल समूहद्वारा स्थायी कमिटी र केन्द्रीय समिति बैठक बाेलाउने निर्णय


नयाँ विकल्प


काठमाडाैं-नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न पार्टी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने भएको छ।

सोमबार बिहान सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको उक्त समूहका सचिवालय सदस्यहरूको बैठकले दुबै बैठक बोलाउने निर्णय हाे ।बैठकले निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धीमा दाबी संविधान र दल ऐन अनुरुप छिटाे टुङ्गाे लगाउन निर्वाचन आयाेगलाइ आग्रह गर्ने निर्णय गरेकाे छ ।

स्थायी समिति र केन्द्रीय कमिटी बैठकको मिति भने तय भइसकेको छैन। पार्टीको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाउने निर्णय गरेको छ ।

सोही बैठकले नेकपाको आधिकारिकताबारे छिटो निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय पनि गरेको छ। प्रचण्ड-नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको बैठक बसी प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट हटाउने र उनको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो।

आयोगले यो निर्णयलाई मान्यता दिएको थिएन। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पक्षले छलफल र परामर्श गर्नुपर्ने भन्दै स्थायी कमिटी बैठक केही दिनलाई स्थगित गरेको थियो। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि सरकारले फागुन २३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन १७, १२: २२: ४४

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन १७, १२: २२: ४४

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन १७, १२: २२: ४४

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP