May 17, 2021, Monday

सवारी दुर्घटनामा परि दुईको मृत्यु

नयाँ विकल्प

परासी- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो ।

दुर्घटनामा परी ना६ख ३०११ नंको ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना७ख ७०२३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको छ ।

दुर्घटनामा परेर ट्रकका सहचालकसमेत घाइते भएका छन् । ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका–६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन १८, १०: ०१: २२

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन १८, १०: ०१: २२

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन १८, १०: ०१: २२

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP