April 19, 2021, Monday

“सफा हिमाल अभियान २०२१” सम्बन्धी गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल सरकारको राष्ट्रिय अभियान तथा प्रधान सेनापतिको कमाण्ड मार्ग निर्देशन–२०७५ मा उल्लेख भए बमोजिम ‘सफा हिमाल अभियान’ कार्यक्रमको निरन्तरता स्वरुप प्रकृति तथा पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न सगरमाथा सहित अन्य पाँच हिमालहरु (लोहत्से, मकालु, धवलागिरी, पुमरी र आमादब्लम) को सफाई गर्ने उद्धेश्यका साथ “सफा हिमाल अभियान २०२१” संचालन गर्ने तयारी अनुरुप २०७७÷११÷१७ गते जङ्गी अड्डामा हिमाल सफाई कार्यक्रमसंग सरोकार राख्ने सरकारी निकाय तथा अन्य संघसंस्थाहरुबीच समन्वय, सहकार्य तथा एकिकृत कार्य योजना निर्माणको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको आयोजनामा एक दिने समन्वयात्मक गोष्ठी संचालन भएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशकको संयोजकत्वमा भएको उक्त कार्यक्रममा अभियान संचालन सम्बद्ध विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय र संघसंस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुबाट आ–आफ्नो संस्थाको विशेषता अनुरुप रायसुझाव तथा अभियानप्रति ऐक्यबद्धता जनाएका थिए ।

राष्ट्रिय अभियानको रुपमा सम्बद्ध सबै निकाय तथा संघसंस्थाहरुलाई समेटेर सबैको संयुक्त प्रयास तथा पहलबाट नेपालको गहनाका रुपमा रहेका मुख्य हिमालहरुको सफाई गर्ने जस्तो पवित्र कार्यलाई सफलतापूर्वक संचालन गरी कोभिड–१९ महामारीको कारण शिथिल भएको नेपालको पर्वतारोहण तथा समग्र पर्यटन व्यवसायलाई उकास्न सफल हुने नेपाली सेनाको विश्वास रहेको छ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ फाल्गुन १८, ११: २४: १०

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ फाल्गुन १८, ११: २४: १०

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ फाल्गुन १८, ११: २४: १०

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP