May 17, 2021, Monday

ताप्लेजुुङको दोभान बजारमा आगालागी हुँदा ३५ घर जले, आगलागी नियन्त्रणबाहिर


काठमाडौं – प्रदेश नम्वर १ को ताप्लेजुङ जिल्लाको दोभान बजारमा विद्युुत सर्ट भई आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् ।
स्थानीय भोला पौडेलको घरमा मंगलबार विद्युत्त चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ । ताप्लेजुुङको मेरिङदेन गाउँपालिका ३ मा पर्ने दोभान बजार जिल्लाकै दोश्रो ठूलो बजार हो ।

दोभान बजारमा दिउँसो १२ बजेसम्ममा ३५ घर जलेर पूरै नष्ट भइसकेका छन भने अन्य घरहरुमा समेत आगो फैलिएको छ । आगलागी नियन्त्रणभन्दा बाहिर गएको छ । स्थानीयले आगो निभाउन भन्दा अन्य घरमा आगो फैलिन नदिने प्रयास गरिरहेका छन् ।

ताप्लेजुङ र पाँचथरबाट आएका दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेको भएपनि आगो नियन्त्रणमा आइसकेको छैन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजङुका प्रमुख बालनरसिंह राणा प्रहरी सुरक्षाकर्मीसहित घटनास्थल पुुगेका छन् । ताप्लेजुुङ निवर्तमान पर्यटन मन्त्री योगेश भट्टराईको गृह जिल्ला हो ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन १८, १२: १३: ०६

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन १८, १२: १३: ०६

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन १८, १२: १३: ०६

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP