May 17, 2021, Monday

प्रतिवन्धित विप्लव समूहसँग बार्ता गर्न सरकारको नेतृत्व बादलले गर्ने, विप्लवबाट ‘प्रकाण्ड


नयाँ बिकल्प,
काठमाडौं – दुुई वर्षअघि अर्थात २०७५ फागुन २८ गते नेत्र बिक्रम चन्द उर्फ विप्लव नेतृत्वको तत्कालिन नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाउने निर्णय गरेको केपी शर्मा ओली नेतृत्वको सरकारले वार्ता गर्न टोली गठन गरेको छ ।

विप्लव समुहसँग वार्ता गर्न गृह मन्त्री राम बहादुर थापा ‘बादल’को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहेको दुई सदस्यीय सरकारी वर्ता टोली गठन गरेको छ ।

विप्लव समूहले भने पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सदस्य रहेको दुुई सदस्यीय वार्ता टोली गठन गरेको स्रोतले जनायो । विप्लव समूहले वार्ता टोली बनाएको औपचिारिक घोषणा गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन् । उनले नेपालमा शान्ति राष्ट्र बनाउने दृष्टिकोणअनुसार सबै द्वन्द्वमा रहेका पक्षहरुसँग वार्ता गर्न लागेको जनाए ।

विप्लव समुहमाथि लागेको प्रतिबन्ध हटाउने वा नहटाउने भन्ने विषयमा टुंगो नलाग्दै सरकारले वार्ताको हतारो गरेको छ । सरकारले विप्लव समूहलाई आपराधिक समुह भनी करार गरेको छ ।

मन्त्री गुरुङले विप्लस समूहका नेताहरुमाथि लागेका मुद्दाहरु, हतियार बुझाउने कुराहरु र अन्य विषयमा छलफलका लागि नै वार्ता टोली गठन गरिएको भन्दै वार्ताबाट नै सबै समस्याको समाधानका लागि नै वार्ता टोली गठन गरिएको जनाए ।

आइतबार गृह नगर दमक पुुगेका प्रधानमन्त्री ओलीले विप्लवसँग छिट्टै वार्ता हुने घोषणा गरेका थिए । फागुन ८ गते प्रतिबन्धित नेकपाका महासचिव विप्लवले समेत वार्तामा बस्न आफूहरु तयार रहेको जनाउँदै विज्ञप्ति निकालेका जिए ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन १८, १४: ५४: ३७

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन १८, १४: ५४: ३७

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन १८, १४: ५४: ३७

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP