May 14, 2021, Friday

करोडौं रकम ठग्ने एयरटेल सहकारीका सञ्चालकलाई जेल र जरिवाना, नागरिकता नै नक्कली


नयाँ बिकल्प,
काठमाडौं । सहकारीको नाममा सयौं सर्वसाधारणले बचत गरेको करोडौं रुपैया हिनामिना गर्ने राजाधानीको न्यूरोडस्थित धर्मपथको एयरटेल सहकारी संस्थाका सञ्चालकलाई जिल्ला अदालत काठमाडौंले जरिवाना सहित जेल सँजायको आदेश दिएको छ ।

अदालतले वचतकर्ताको रकम तत्काल फिर्ता गर्न एवम् ऋण असुल गर्न गराउन समेत आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले ठगि तथा संगठित अपराधमा करिव २ वर्ष अघि दर्ता भएको सो मुद्दा उपर सोमबार यस्तो आदेश दिएको हो ।

सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारेर रकम हिनामिना गर्ने एअरटेल सहकारीका प्रवन्धक अशोक जैन, अध्यक्ष सुमन केडीया (अशोक जैनको श्रीमती) एवम् सञ्चालकहरु सारीका जैन, सुरेन्द्र कुमार अग्रवाल, सिमा बंशल, पुरुषोत्तम अग्रवाल, रविन्द्र सिंह र दिपेन्द्र शर्मालाई पक्राउ गर्न अदालतले आदेश दिएको छ ।

मुद्धाका प्रतिबादीहरुलाई पक्राउ गर्न महानगरिय प्रहरी परिसर काठमाडौंलाई जिल्ला अदालत काठमाडौं २०७५ कार्तिक १२ गते पक्राउ पूर्जि जारी गरेको थियो ।

अदालतको आदेश अनुसार अशोक गोयल र हेमराज जैनलाई जनही २० हजार जरिवाना तथा दुई वर्ष कैद सजाय तोकिएको छ भने सुमन केडीया, दिपेन्द्र शर्मा, मेहक गोयल जैन, रोशन कुमार दारुका, सिमा बंशल र खम्ब सिंह रिखमलाई जनही १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

सारीका जैन र रविन्द्र सिंहलाई ३–३ महिना कैद तथा जनही ५ हजार जरिवाना तोकिएको छ । यसअघि सो सहकारीमा रकम जम्मा गरेर आफू ठगीएको भन्दै मुद्दा दायर गर्ने ६६ जना जाहेरवाला सहित सहकारीमा रकम जम्मा गर्ने अन्य सदस्यको समेत साँवा व्याज रकम ६ महिना भित्र सहकारीका सञ्चालक अशोक गोयल जैन, मेहक गोयल जैन र संस्थाकी अध्यक्ष सुमन केडीया समेतले फिर्ता दिनु पर्ने एवम् खराव कर्जा तुरुन्त उठाउन अदालतले आदेश दिएको छ ।

किर्ते विवरण भरेर नेपाली नागरिकता लिएका जैन भाग्न खोज्दै


कैद सजाय भोग गरिसकेका एयरटेल सहकारीका मुख्य दोषी अशोक जैन कारागार मुक्त हुने बित्तिकै भारततिर पलायन हुने योजना बनाएको निकट स्रोतले जनाकारी दिएको छ । भारतीय नागरिक जैनले गलत विवरण पेश गरी नेपालको समेत नागरिकता बनाएको तथ्य फेला परेको छ ।

अदालतले सोमबार गरेको फैसला अनुसार बीस हजार जरिवाना तिरी कारागार मुक्त हुन लागेका अशोक जैनलाई प्रहरीले किर्ते विवरण पेश गरी नेपालको नागरिकता लिएको विषयमा छानविनका लागि पक्राउ गरेको छ ।

हाल प्रहरी परिसर,काठमाडौंको हिरासतमा रहेका अशोक जैनमाथि नागरिकता छानविन प्रकरणमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सो सहकारी ठगी गर्ने गिरोहका केही सदस्यलाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाएको थियो भने उच्च अदालत, पाटनले समेत धरौंटीमा रिहा गर्न अस्वीकार गरेको थियो ।

भारतीय नागरिक अशोक जैनले धनुषा जिल्ला प्रशासन कार्यालयबाट किर्ते विवरण पेश गरी नेपालको नागरिकता लिएको खुलेको छ ।

नेपालमै जन्मेका नेपाली नागरिकले बाबुको नाम उल्लेख नगरी वा बाबुको पत्तो नलागेकै आधारमा नागरिकता पाउन नसकीरहेका बेला भारतीय नागरिक अशोक जैनले किर्ते विवरणकै आधारमा जन्मसिद्ध नागरिक पाउनुले नेपालको प्रशासनको खिल्ली उडाएको देखिन्छ ।

हामीलाई प्राप्त जानकारी अनुसार अशोक गोयलको नामबाट जैनले मिति २०६३ माघ ११ गते जनकपुर नगरपालिका वडा नं १४ ठेगाना उल्लेख गरी बनाएको नागरिकतामा निजको बाबुको नाम आनन्द प्रकाश गोयल छ ।

टोली प्रमुख राजकुमार गुप्ताको हस्ताक्षर रहेको नेपाली नागरिकताको किसिममा जन्मको आधारमा नागरिकता जारी गरिएको उल्लेख छ । प्रमाणपत्र नम्बर १७३१०२ – ५०९ रहेको जैनको नागरिकता र काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो नागरिक रहेको भनि जारी गरेको प्रमाण पत्र समेत छानविनका क्रममा रहेको बताइएको छ ।

हेर्नुस, जैनले धनुुषा जिल्ला प्रशासन कार्यालयबाट लिएको नक्कली नागरिकताको प्रति –

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ फाल्गुन १८, १७: १०: ०३

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ फाल्गुन १८, १७: १०: ०३

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ फाल्गुन १८, १७: १०: ०३

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP