May 17, 2021, Monday

अरनिको राजमार्गमा मोड–सुधार र सर्भिस ट्र्याक बन्दै

नयाँ विकल्प

बनेपा- -सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा मोड–सुधार गरिरहेको छ ।

राजमार्ग दायाँबायाँका विभिन्न स्थानमा समेत सर्भिस ट्र्याक खोल्न प्रक्रिया थालिएको छ । हाल धुलिखेलदेखि पाँचखालसम्म १५ किलोमिटर सडकखण्डको १३ स्थानमा मोड–सुधारको काम भइरहेको कार्यालयप्रमुख डिभिजन इन्जिनीयर सुमन योगेशले जानकारी दिए । उनले एक करोड ६० लाख बजेटमा उक्त सडकखण्डमा मोड–सुधार तथा धुलिखेलदेखि केही तल पहिरो नियन्त्रणको काम भइरहेको जानकारी दिए ।

“धुलिखेल–पाँचखाल सडकखण्डमा ‘साइड डिस्ट्यान्स्’सहित मोड–सुधार भइरहेको छ, यसले दुर्घटना न्यूनीकरणमा मद्दत गर्नेछ”, योगेशले भने । उनका अनुसार बनेपा शहरस्थित अरनिको राजमार्ग दायाँबायाँ करीब डेढ किलोमिटर सर्भिस ट्र्याक (रिसिलिङ कालोपत्र)को प्रक्रिया अघि बढाइएको छ । सो योजनाका लागि रु छ करोड बजेट छुट्याइएको छ । काभे्रपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र साँगादेखि धुलिखेलसम्म दश किलोमिटर अरनिको राजमार्गको दायाँबायाँ सर्भिस ट्र्याक निर्माणका प्रक्रिया थालिएको कार्यालयका इन्जिनीयर जयराम अधिकारीले जानकारी दिए ।

उनका अनुसार पाँचखाल बजारमा ५०० मिटर पक्कीसहित सर्भिस ट्र्याक खोल्ने काम भइरहेको छ । हाल कार्यालयले डेढ करोड बजेटमा धुलिखेल बजारको मुख्य चोक सडक सुधार गर्दै पुरानो बजारमा फुटपाथ निर्माण थालेको छ । जीर्ण बनेपा–पनौती छ किलोमिटर पक्की गर्न सङ्घीय सरकारले हालैमात्रै रु १६ करोड ७५ लाख बजेट थपेपछि कालोपत्रको काम शुरु भएको छ । पनौती नगरस्थित खोपासीदेखि बेथानचोक गाउँपालिकाको कामीडाँडासम्म करीब ३० किलोमिटर कच्ची सडकको स्तरोन्नति गरिरहेको छ ।

सङ्घीय सरकारको पछिल्लो रु १५ करोड बजेटले हाल ड्रेन–रिटेनिङ वाल, कज–वे, ढलनिकस तथा ग्राभेलको काम भइरहेको कार्यालयले जनाएको छ । पनौती नगरले रु एक करोड थपको सो सडकखण्डको हाल चार हजार ५०० मिटर ग्राभेल भएको छ । सङ्घीय बजेटबाटै हाल नगरकोट–गैरिबिसौना–हिउँवापाटी १० किलोमिटर र बनेपा–रविओपी–पाँचखाल १६ किलोमिटर कच्ची सडक स्तरोन्नतिको काम भइरहेको योगेशले जानकारी दिए ।

उनका अनुसार बनेपा–रविओपी–पाँचखालअन्तर्गत छ किलोमिटर पक्की भइसकेको छ । योगेशले भने , “केही क्रमागत बजेटले स्तरोन्नति गर्दै ग्राभेल तथा ग्राभेलपछि पक्की गर्दै जानेछौँ ।” उनका अनुसार बजेटको निरन्तरताले कुनै पनि योजना रोक्नुपरेको छैन । पाँचखालमा पनि तीन किमी वैकल्पिक सडक पक्की भइरहेको छ ।

स्तरोन्नति प्रस्तावित सडक एवं सम्पदा निर्माणार्थ बोलपत्र आह्वान भइसकेको योगेशले बताउनुभयो । सङ्घीय सरकारमार्फत हाल अरनिको राजमार्ग स्तरोन्नतिका लागि सात करोड ४० लाख, कोशीपूर्वस्थित सडक कालोपत्र गर्न रु ३३ करोड बजेट छुट्याइएको छ । रासस

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन १९, १५: ३२: २९

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन १९, १५: ३२: २९

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन १९, १५: ३२: २९

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP