May 14, 2021, Friday

सप्तरीमा ‘रामानाम मानस महायज्ञ’ फागुन २१ देखि सुरू हुँदै

नयाँ विकल्प

सप्तरी-मानवकल्याण तथा धार्मिक सहिष्णुताको सन्देश दिन यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म बलान बिहुल गाउँपालिकामा ‘रामानाम मानस महायज्ञ’ हुने भएको छ ।

बलान बिहुल–४ बेल्हीमा हुने महायज्ञमा नेपाल र भारत बिहारका करीब ५० हजार श्रद्धालुको दैनिक आगमन रहने यज्ञ समितिका अध्यक्ष शङ्कर गुप्ताले जानकारी दिए । घर फर्किन नसक्ने श्रद्धालुको खाना र बासको व्यवस्थापनसमेत गरिने जनाइएको छ ।

एक हजार जनाको कलशयात्राले शुक्रबार गाउँ परिक्रमा गरी यज्ञस्थल प्रवेश गरेपछि शनिबारदेखि यज्ञ प्रारम्भ हुने बताइएको छ । हवन कुण्ड, पसल कक्ष, विभिन्न घुम्तीमा प्रवेशद्वार र यज्ञस्थलसम्म जाने ग्राभेल सडकको निर्माण भइसकेको जानकारी दिँदै अध्यक्ष गुप्ताले शौचालय, खानेपानी, पार्किङको व्यवस्थापनको अन्तिम तयारी भइरहेको जानकारी दिए ।

विभिन्न देवीदेवताका१५१ माटाका मूर्ति तयार गरिएको महायज्ञस्थलमा रामझुला, मौतका कुवाँ, सांस्कृतिक र साङ्गीतिक कार्यक्रम हुने आयोजक समितिले जनाएको छ । गाउँपालिकाले दाल, चामल, तेलसहित साढे पाँच लाख र वडा कार्यालयले दुई लाखको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

भारत अयोध्या बरछौनीका डा मानस मधुकर मुख्य प्रवचक हुने महायज्ञका लागि वृन्दावनबाट गौतम रासलीला र रामलीला प्रस्तुत हुने छ । यज्ञस्थलमा आयोजित पत्रकार सम्मेलनमा यज्ञकर्ता रामरतन दासले महायज्ञबाट सामाजिक विकृतिको अन्त्य तथा मानवता र आम्तीयतासहितको मानव समुदाय विकसित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ फाल्गुन १९, १५: ३८: ३०

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ फाल्गुन १९, १५: ३८: ३०

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ फाल्गुन १९, १५: ३८: ३०

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP