May 17, 2021, Monday

प्रधानमन्त्रीको अफर आए जिम्मेवारीबाट नभाग्ने देउवाद्वारा स्पस्ट


नयाँ बिकल्प,

भरतपुर – प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नका लागि कुनै दलले अफर गरेमा आफूपछि नहट्ने स्पस्ट पारेका छन् ।

बुधबार चितनव आएका कांग्रेस सभापति देउवाले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभए पनि कसैले जिम्मेवारी दिए अस्वीकार नगर्ने बताएका हुन् । उनले प्रधानमन्त्री आफूले नमागेको तर जिम्मेवारी पाए नछोड्ने पनि बताए ।

‘कांग्रेस पदको लोभ गर्दैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छोड्छ’ देउवाले भने ‘मैले प्रधानतमन्त्री मागेको छैन, तर जिम्मेवारी आएमा छोड्दिन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपाका दुवै समूहले सरकारको नेतृत्वको लागि आग्रह गरिरहेका छन् ।

नेकपाको प्रचण्ड– दाहाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री ओलीमाथि अविश्वासका प्रस्ताव संयुक्त रुपमा ल्याउने र त्यसपछि सरकारको नेतृत्व देउवालाई लिन आग्रह गर्दै देउवा निवास बुढानिलकण्ठ पुुगेका थिए ।

देउवाले पार्टी विभाजनको कुरा पहिला क्लियर गरेरमात्र प्रधानमन्त्रीको अफर बोकेर आउन प्रचण्ड र माधव नेपाललाइ सुझाव दिएका थिए ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन १९, १६: ४८: ५२

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन १९, १६: ४८: ५२

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन १९, १६: ४८: ५२

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP