May 17, 2021, Monday

ताप्लेजुङको दोभान बजारको आगलागीले ४० करोड क्षति

नयाँ विकल्प

ताप्लेजुङ- दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड बराबरको क्षति भएको छ ।

क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो ।

आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको हो । सबैभन्दा बढी नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा रु एक करोड बराबरको क्षति भएको आङ्देम्बेले बताए । आगलागीले ठूलो परिमाणमा क्षति पुगेकाले क्षतिको विवरण तयार गर्न निकै समय लागेको थियो ।

आगलागीपछि क्षतिको विवरणमा जुटेको कार्यदलले गएको मध्यरातमा मात्र क्षतिको विवरण तयार गरेको थियो । मङ्गलबार भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएका थिए । यसैबीच आगलागी क्षेत्रको अवलोकन र राहत वितरणका लागि प्रदेश १ का मुख्यमन्त्रीसहितको टोली आउने कार्यक्रम स्थगित भएको छ ।

यसअघि अहिले बिहान आउने कार्यक्रम तय भए पनि विराटनगरबाट स्थलमार्ग हुँदै पठाइएको राहत सामग्री आगलागी क्षेत्रमा पुगिनसकेकाले बिहान हुने अवलोकन तथा राहत वितरण कार्यक्रम स्थगित भएको मूख्यमन्त्री राईका प्रमुख स्वकीय सचिव नवराज राईले जानकारी दिए । उनका अनुसार राहत सामग्री आगलागी क्षेत्रमा पुगेपछि मात्रै मुख्यमन्त्रीको टोली आउने कार्यक्रम रहेको छ ।रासस

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन २०, ०९: २४: २४

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन २०, ०९: २४: २४

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन २०, ०९: २४: २४

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP