May 17, 2021, Monday

तनहुँको सेवरमा औषधि उत्पादन गरिँदै

नयाँ विकल्प

तनहुँ- जिल्लाको व्यासनगरपालिका–१० स्थित सेवरमा पोखरा फर्मास्युटिकल प्रालिले औषधि उत्पादन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ ।

कोभिड–१९ का कारण निर्माण कार्यमा प्रभाव परेपछि आगामी असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको हो । करिब ४५ रोपनी क्षेत्रफलमध्ये बाह्र रोपनीमा भवन निर्माण गरिएको फर्मास्युटिकलका प्रबन्ध निर्देशक इन्द्र बानियाँले जानकारी दिए ।

भवनको ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । उहाँले भन्नुभयो, “भवन निर्माणपश्चात् करिब नौ महिनापछि औषधि बजारमा पुर्याउने योजना रहेको छ ।” करिब रु ५० करोड बराबरको लगानीमा भौतिक संरचनाको निर्माण कार्य भइरहेको छ । उनले भने , “भुइँ तलामा औषधि उत्पादन गरिन्छ भने पहिलो तलामा ल्याब, औषधि अनुसन्धान केन्द्रलगायतका रहने छन् ।”

उनका अनुसार भुइँ तला २० हजार वर्गफिट र पहिलो तला ११ हजार वर्गफिटको हुनेछ । “शुरुको वर्षमा मधुमेह, मुटु, नसासम्बन्धीका ट्याबलेट, क्याप्सुल र मलमजन्य ४० देखि ५० किसिमका औषधि उत्पादन गर्ने लक्ष्य रहेको छ”, उनले भने ।

औषधि विज्ञद्वारा औषधि उत्पादन क्षेत्रमा लगानी गरिएकाले गुणस्तर किसिमको औषधि उत्पादन हुनुका साथै सरल, सहज र सुपथ मूल्यमा बजारमा पुर्याइने उहाँको भनाइ थियो । नेपालमा उत्पादन नभएका नयाँनयाँ किसिमका औषधि उत्पादन गर्ने योजना कम्पनीको रहेको छ । उद्योगमा औषधि उत्पादन कार्य शुरु हुन थालेपछि बजार प्रतिनिधिसहित १०० को हाराहारीमा मानिसलाई रोजगारी दिन सकिने सो कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन २०, १०: ११: १०

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन २०, १०: ११: १०

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन २०, १०: ११: १०

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP