May 17, 2021, Monday

सम्झना बाेहाेरा हत्याको अपराधी २० दिनपछि सार्वजनिक

नयाँ विकल्प

गुल्मी- रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

भाडगाउँ निवासी ४७ वर्षका लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालयले आज प्रहरीले सार्वजनिक गरेको हो । उनले गत माघ २९ गते राती आफू र सम्झनाकी सासुआमा टोमकला खत्री मिलेर उनको हत्या गरेको प्रहरीलाई प्रारम्भिक बयानको क्रममा बताएका छन् ।

घरबाट बेपत्ता भएको १७ दिनमा लालबहादुर खत्रीले बारीमा घाँस काट्न जाँदा केही गन्ध आएको भनेर प्रहरीमा खबर गरेका थिए । खोज तलासका क्रममा घर नजिकै सडेर गलेको अवस्थामा प्रहरीले सम्झनाको शव फेला पारेको थियो ।

शव फेला पारेकै दिन प्रहरीले हत्याको आशंकामा लालबहादुरलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो । सम्झनाको हत्या भएको २० दिनपछि प्रहरीले हत्यामा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गरेको हो ।

प्रहरीले लालबहादुरको नाममा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाका बारेमा थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो । सम्झनाको हत्या के कारणले भयो र के कारणले सासुले झुण्डिएर आत्महत्या गरिन भन्ने बारेमा थप कुरा प्रहरीले अनुसन्धानपछि पुनः सार्वजनिक गर्ने बताएको छ ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन २०, १८: १८: १३

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन २०, १८: १८: १३

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन २०, १८: १८: १३

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP