May 17, 2021, Monday

किर्ते सिफारिस गर्ने वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण

नयाँ विकल्प

वेनी- झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव शिलु आलेमगरले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् ।

नक्कली छोरीको जन्मदर्ता गर्नुभएकी सचिव आले र सिफारिस गर्नुभएका वडाध्यक्ष पुनविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । बुधबार आफैँ प्रहरी कार्यालयमा आएका पुन र आलेलाई बिहीबार म्याग्दी जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

उनका अनुसार दुवै जना प्रहरी हिरासतमा छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरि–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई यही २०७७ फागुन ९ गते प्रहरीले पक्राउ गरेको थियो । दीपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीलाई आफ्नो छोरी भएको दाबी गर्दै नाबालक परिचयपत्र बनाउन रेशमबहादुरले प्रशासनमा पेश गरेको जन्मदर्तामा सचिव आले र सिफारिसमा अध्यक्ष पुनको हस्ताक्षर थियो ।

भण्डारीविरुद्ध झुट्टा विवरण पेश गरेर लिखतसम्बन्धी कसुर गरेको अभियोगमा छानबिन गर्ने क्रममा वडाध्यक्ष र सचिव पनि अनुसन्धानमा परेका थिए । रेशमबहादुरले दिवालाई विदेश (जापान) पठाउनका लागि नाबालक परिचयपत्र बनाउन लागेको बताए ।

१६ वर्षभन्दा कम उमेरका व्यक्ति विदेश जानका लागि नाबालक परिचयपत्र बनाउनुपर्छ । रेशमले दिवाको नाबालक परिचयपत्र बनाउन फागुन ८ गते प्रशासनमा कागजात पेश गर्नुभएको थियो । उहाँले पेश गरेका कागजात शङ्कास्पद देखिएपछि अनुसन्धानका लागि प्रशासनले प्रहरीमा पठाएको थियो ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन २१, ०८: ५४: ४८

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन २१, ०८: ५४: ४८

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन २१, ०८: ५४: ४८

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP