May 17, 2021, Monday

नेपाली कांग्रेस र नेकपा ( प्रचण्ड-नेपाल पक्ष ) को संसदीय दलको बैठक सिंहदरबारमा बस्दै


नयाँ विकल्प
काठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संसदीय दलको बैठक बोलाएका छन्।

आज दिउँसो १ बजे प्रचण्ड-नेपाल र कांग्रेसले बेग्लाबेग्लै स्थानमा संसदीय दलको बैठक राखेका छन्। नेकपा प्रचण्ड-नेपाल पक्षले अपरान्ह १ बजे सिंहदरबारमा बैठक बोलाएको छ । २३ गतेदेखि हुने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुन भनेर प्रचण्ड-नेपालले बैठक बोलाएका हुन्।

नेकपाका १ सय ७४ सांसदमध्ये १ जनाको निधन भएको छ भने सभामुख अग्नि सापकोटको दलीय हैसियत रहँदैन। नेकपामा कायम रहेका प्रतिनिधि सभाका १ सय ७२ सांसदमध्ये प्रचण्ड-नेपाल समूहमा ८७ जना सांसद छन्। ओली समुहमा ८३ जना रहेका छन्।

दुई जना सांसद कतै खुलेका छैनन्। त्यस्तै राष्ट्रिय सभामा नेकपाका ५० संसद छन्। राष्ट्रिय सभामा अध्यक्ष बाहेक ४९ जना नेकपा सांसद रहेका छन्। जसमध्ये २४ जना प्रचण्ड-नेपाल समुहमा छन् भने २४ जना ओली समुहमा छन्।

वामदेब गौतम भने कतै खुलेका छैनन्। यस्तै कांग्रेस संसदीय दलको बैठक पनि आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ। आजको बैठकमा आगामी रणनीतिबारे छलफल हुने कांग्रेसले जनाएको छ।

प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन्। प्रधानमन्त्री केपी ओली पक्षले प्रमुख सचेतक देवप्रसाद गुरुङलाई कारबाही गरेर विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएको छ। प्रचण्ड-नेपाल समूहले भट्टराईलाइ ६ महिनाको लगि पार्टीबाट निलम्बन गरेको छ।

स्तै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वालाई समेत स्थायी कमिटीबाट छ महिनाको लागी निलम्बन गरेको छ। सो समूहले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको छ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन २१, १२: ५२: २६

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन २१, १२: ५२: २६

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन २१, १२: ५२: २६

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP