May 17, 2021, Monday

नेपालमा अब हिंसात्मक द्वन्द्व समाप्त भयाेः प्रधानमन्त्री ओली

नयाँ विकल्प
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महासचिव नेत्र विक्रम चन्दलाइ स्वागत गर्दै आगामी राजनीतिक यात्राकाेलागि शुभकामना ब्यक्त गरेका छन् ।

नेपाली नागरिकले शान्तिकाे चाहाना गरेकाे र विप्लव समुहले शान्ति स्थापनार्थ पछिल्लाे पटक चालेकाे कदमकाे प्रशंसा गरेका छन् । उनले नेपालमा हिंसात्मक द्वन्द्व समाप्त भएका बताएका छन् । अाेलीले नेपाल साच्चिकै शान्तिपुर्ण राष्ट्रकाे रूपमा अघि बढेकाे बताएका छन् ।

उने विप्लव समुहकाे शहासिक कदमले शान्तिपूर्ण राष्ट्र निमार्णकालागि ठूलाे याेगदान गरेकाे बताए । उनले याे प्रयास रातारात नभएकाे र लामाे छलफलबाट संभव भएकाे बताए । उनले सहमतिकालागि ३ बुँदा प्रयाप्त रहेका भन्दै सबै विषय सहमति र छलफलबाट टुङगाेमा पुर्याउने बताए । उनले थुनामा रहेका नेकपा का कार्यकताहरू छुटने क्रम जारी रहेका बताए ।

उनले याे कदमले नयाँ युगमा देश प्रवेश गरेका बताए । उनले पृथकतावादी गतिविधिमा चलाइरहेका सिके राउतलाइ समेत शान्तिपुर्ण राजनीतिमा ल्याउन सफल भएकाे बताए । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर हुँदैछ ।

सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको तर्फबाट महासचिव विप्लवले हस्ताक्षर गर्दैछन् ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन २१, १५: ५३: ३३

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन २१, १५: ५३: ३३

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन २१, १५: ५३: ३३

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP