May 14, 2021, Friday

मार्केटिङ गर्ने भन्दै चोरी मोबाईलका सेटहरु बरामद

काठमाडौं । काठमाडौं कुपण्डोलस्थित ट्राकन कुरियर एण्ड कार्गो कम्पनीले जिल्ला ललितपुर सानेपा स्थित MI सोरुमसँग सम्झौता गरी डडेलधुरास्थित उग्रतारा मार्केटिङको लागी भनी पठाउन लागेको MI कम्पनीको Redmi Note-9 मोबाईल सेटहरु ७७÷११÷०२ गते अन्दाजी १ः५५ बजेको समयमा डल्लुबाट कालीमाटी हुँदै परोपकार जाने क्रममा का.जि. परोपकार स्थित सडकखण्डमा चलिरहेको गाडीबाट अपरिचित व्यक्तिहरुले कार्टुनभित्र रहेको उक्त मोबाईल सेटहरु चोरी गरी का.जि.का.म.न.पा. वडा नं. ०७ चाबहिलस्थित मोबाईल पसल सञ्चालन गरी बस्ने अमित राना मगरसँग डिल गरी निज अमितले जिल्ला ललितपुर प्रयागपोखरी स्थितमा मोबाईल पसल सञ्चालन गरी बस्ने भारत घर भएका जहिर अन्सारीलाई भेटाई नगद रु. ५,५०,०००।–(अक्षरुपी पाँच लाख पचास हजार) मा बिक्री गरेको भन्ने बिशेष सुचनाको आधारमा अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त, जनसेवाको संयुक्त प्रहरी टोलीले व्यक्तिहरुलाई चोरी गरी लगेको Redmi Note-9 मोबाईल सेट ५२ थान सहित पक्राउ गरी थप कानुनी कारबाहीको लागी महानगरीय प्रहरी वृत्त, जनसेवा पठाईएको छ ।

पक्राउ मानिसहरुःः– जहिर अन्सारी, उमेरः– ३२ ,ठेगानाः– भारत देश बिहार प्रदेश बेतिया जिल्ला, हालको ठेगानाः– जिल्ला ललितपुर प्रयागपोखरी । दिपेश श्रेष्ठ, उमेरः– २७ बर्ष, ठेगानाः– का.जि.का.म.न.पा. वडा नं. ०६ बौद्ध, हालको ठेगानाः– का.जि. कपन । अमित राना मगर, उमेरः– २९, ठेगानाः– जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. ११, हालको ठेगानाः– का.जि. कपन । बिक्रम शाही, उमेरः– ३३, ठेगानाः– का.जि.का.म.न.पा. वडा नं. ३० असन रहेका छन् । बरामद सामानः Redmi Note-9 मोबाईल सेट थान ५२ रहेको छ ।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ फाल्गुन २१, १७: १५: ३८

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ फाल्गुन २१, १७: १५: ३८

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ फाल्गुन २१, १७: १५: ३८

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP