April 19, 2021, Monday

‘तेजु स्मृति अक्षय कोष’ लागि आर्थिक सहयोग

नयाँ विकल्प

धनगढी- धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग घोषणा गरेका छन् ।

नगर प्रमुख वडले आफ्नो जन्मदिनको अवसरमा ११ हजार १११ सहयोगको घोषणा गर्नुभएको हो । नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्व तेजबहादुर खड्का तेजु को स्मृतिमा स्थापना गरिएको यस कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन् ।

हालसम्म कोष स्थापनाका लागि रु डेढ लाख बढी रकम सङ्कलन भएको शाखाका सचिव पवन महराले जानकारी दिए । प्रेस युनियनले स्व पत्रकार खड्काको स्मृतिमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । पत्रकार खड्का बाजुराको बूढीनन्दा धार्मिक तथा पर्यटकीयस्थलको रिपोर्टिङ गरेर फर्किने क्रममा बेपत्ता भएका थिए ।

बेपत्ता भएका खड्काको तीन वर्षपछि मात्रै कङ्काल भेटिएको थियो । डिएनए र घटनास्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो । स्व पत्रकार खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए ।

नगरसभामा तीन विधेयक पारित धनगढी उपमहानगरपालिकाको शुक्रबार सम्पन्न छैटौँ नगरसभामा तीनवटा विधेयक पारित भएको छ । सभाले ९न्यायिक समिति कार्यविधि० ऐन २०७४ को पहिलो संशोधन २०७७, धनगढी उपमहानगरपालिका स्वास्थ्यसम्बन्धी ऐन २०७७ र धनगढी उपमहानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षणसम्बन्धी ऐन २०६६ को विधेयक पारित गरेको हो ।

नगरप्रमुख वडले आफूहरु निर्वाचित भएर आएपछि १४ ऐन, चार नियमावली, ३२ कार्यविधि, तीन निर्देशिका र दुई आचारसंहिता गरेर ५५ कानून निर्माण गरेको जानकारी दिनुभयो । उहाँले १९ वडा कार्यालयमध्ये १६ वडाको आफ्नै कार्यालय भवन निर्माण, तीन स्वास्थ्य संस्थाबाट १० वडामा नगर स्वास्थ्य केन्द्र स्थापनालगायतका पूर्वाधार विकासले गति लिएको बताए ।

सभामा वडले २७ विद्यालय भवन तथा शौचालय निर्माण गरिएको तथा धनगढीको बेहडाबाबा, जाखोरताल, शिवपुरीधामलगायतका धार्मिक पर्यटकीय ठाउँको गुरुयोजनाअनुसार काम भइरहेको पनि जानकारी दिए ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ फाल्गुन २२, ०९: २६: ३१

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ फाल्गुन २२, ०९: २६: ३१

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ फाल्गुन २२, ०९: २६: ३१

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP