April 18, 2021, Sunday

पञ्चायत ढाल्ने अगुवा तथा पूर्वसांसद लोकमणि गिरीकाे निधन


नयाँ विकल्प,


काठमाडाैं- प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता ८३ वर्षीय लोकमणि गिरीको शनिबार दिउँसो पौने २ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको छ।

तुलसीपुरस्थित घरमै बस्दै आएका गिरीलाई दिउँसो बिरामी भएपछि अस्पताल लगिएको थियो। आफन्त तथा प्रदेश सभा सदस्य शंकर गिरीका अनुसार हृदयघात भएको जस्तै समस्या देखिएपछि गिरीलाई अस्पताल पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याएको केही बेरमै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। स्वर्गीय गिरीकी ८० वर्षीया श्रीमती छाया र छोराहरू दीपक, छोरी रचना, छोरा, ज्वाला र ज्योति गिरी रहेका छन्। लोकमणि गिरी राप्ती तत्कालीन समयमा राप्ती अञ्चल पञ्चायत निरीक्षण अधिकारी, अञ्चल निर्देशन अधिकारी, तत्कालीन पञ्चायतमा युवा संगठनको केन्द्रीय सदस्य हुँदै पूर्वराष्ट्रिय पञ्चायत सदस्यसमेत भएका थिए।

२०३५ सालको निर्वाचनमा लोकमणि गिरी दाङबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए। २०३६ सालको जनमत संग्रहपछि बहुदल पक्षमा लागेको भनेर उनीमाथि संसद भवनभित्रै
आक्रमण भएकाे घटना अहिले पनि चर्चा हुने गर्छ ।

जातीय परम्परा अनुसार गिरीको समाधि आइतबार पुर्ख्यौलफ घर दंगिशरण गाउँपालिका वडा नं. ४ सुकदेवा गाउँमा गरिने भएको छ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ फाल्गुन २२, १७: २८: ५५

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ फाल्गुन २२, १७: २८: ५५

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ फाल्गुन २२, १७: २८: ५५

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP