May 14, 2021, Friday

भारतद्घारा बुटबलस्थित नहरपुर माविलाई ४ करोड ४१ लाख रुपैयाँ सहयोग

नयाँ बिकल्प,
काठमाडौं । बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारत सरकारले चार करोड ४१ लाख ४० हजार रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।

बुटवल उपमहानगरिपालिका वडा नं ११ नहरपुरस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्राधिकरणका प्रमुख, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुटवल उप–महानगरपालिकाबीच हालै एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ अनुरुप ‘नेपाल–भारत मैत्री विकास साझेदारी’ अन्तर्गत चार करोड ४१ लाख रुपैयाँकोे लागतमा उक्त नयाँ भवनको निर्माण हुने भएको हो ।

सन् १९७१ मा स्थापना भएको नहरपुर माध्यमिक विद्यालय राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध छ । यस विद्यालयले प्लस–टु तहको शिक्षा तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गर्दै आएको छ । हाल विद्यालयमा अध्ययन गरिरहेका कूल एक हजार एक सय २७ विद्यार्थी मध्ये ५० प्रतिशत छात्रा रहेका छन् ।

सन् २००३ यता भारतले स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभीटी, सरसफाई र सार्वजनिक उपयोगिताका क्षेत्रमा सबिकको ‘साना विकास परियोजना’ र अहिलेको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ अन्तर्गत नेपालको सातैवटा प्रदेशमा चार सय ४६ वटा परियोजना सम्पन्न गरिसकेको छ ।

ती मध्ये रुपन्देही जिल्लामा मात्रै १० गरी प्रदेश–५ मा ४१ वटा रहेका छन् भने सोही प्रदेशमा अन्य ९ वटा परियोजनाहरु विभिन्न चरणमा रहेका छन् । भारतले पाँच हजार आठ सय लाख रुपैयाँ पुनर्निर्माण अनुदानमा २०७२ सालको विनाशकारी भुकम्पले क्षती पुनयाएका आठ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिरहेको छ ।

यस पुनर्निर्माण कार्यक्रम अन्तर्गत आठ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने ६२ वटा विद्यालयको काम अघि बढिरहेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय परियोजनाका लागि पनि टेण्डर प्रक्रिया अघि बढिरहेको छ ।

निकटको छिमेकी भएको नाताले भारत र नेपालबीच विशिष्ट मित्रता र सहकार्य रहिआएको छ । दुवै पक्षबीच भएको सम्झौताले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासमा हातेमालो गर्ने भारत सरकारको अटूट प्रतिबद्धतालाई प्रतिबिम्बित भएको दुतावासले जनाएको छ ।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ फाल्गुन २२, २०: ५२: २९

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ फाल्गुन २२, २०: ५२: २९

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ फाल्गुन २२, २०: ५२: २९

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP