May 17, 2021, Monday

नेकपा संसदीय दलकाे नेता परिवर्तन भएकाे छैनः संसद सचिवालय


नयाँ विकल्प
काठमाडाैं- संघीय संसद सचिवालयले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) भित्रकाे विवाद बारे हालसम्म कुनै निर्णयमा नपुगेकाे जनाएकाे छ ।

अनाैपचारिक रूपमा फुटेकाे सत्तारूढ दल काे विवाद चुलिदै जाँदा एक पक्षले अर्काेलाइ कारवाही गर्दै निस्कासन गरेका थिए । कारवाही र निस्कासन गर्ने दुइपक्षकाे हाेडबाजी नै चलिरहँदा कारवाहिकाे लागि संसद सचिवालयमा समेत दुवैपक्षका फरक फरक पत्र पेश गरिएकाे थियाे ।

नेकपा ओली पक्ष र प्रचण्ड – माधव पक्षले एक अर्कालाइ कारवाही गरेकाे पत्र सचिवायलमा पेश गरेपनि यस बारेमा कुनै निर्णय नभएकाे सचिवालयले स्पष्ट पारेकाे हाे ।

गत शुक्रबार नेकपा प्रचण्ड–माधव समुहकाे संसदीय दलकाे बैठकले दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीलाई निश्कासन गरेको पत्र संसद सचिवालयमा पेश गरेकाे थियाे । याे निर्णयलाइ संसद सचिवालयले हालसम्म कुनै निर्णय गरेकाे जनाएकाे छ ।

आइतबार संचारकर्मीसंग कुरा गर्दै संसद सचिवालयका प्रवक्ता डा. राेजनाथ पाण्डेले राजनीतिक दलमा देखिने विवाद र विभाजनकाे  आधिकारीकता निर्वाचन  आयाेगकाे रहेकाे र यस विषयमा  आयाेगबाट कुनै पत्र न आएकाले पुरानै अवस्थामा  आइतबारकाे संसद बैठक सुचारू हुने बताए ।


उनले नेकपा विवादलाइ अन्तरिम अवस्था रहेकाले मुल्याङकन गर्दै नेकपा दुवै समुहका संसदिय दलका प्रमुख सचेतक सेवा सुविधा भने कायम राखिएकाे बताए ।

नेकपा संसदिय दलका प्रमुख सचेतक देव गुरूङलाइ ओलीपक्षले हटाएर विशाल भट्टराइलाइ सचेतक बनाएका थियाे ।

यसलाइ संसद सचिवालयले संक्रमण कालिन अबस्था भनेकाे छ । आइतबार दिउँसाे ४ बजे बस्ने संसद बैठकमा सत्तारूढ नेकपाकालागि ४ बटा लाइन छुट्याइएकाे सचिवालयले जनाएकाे छ । नेकपा दुवै समुहकाेलागि सत्तारूढ बस्ने राे छुट्याइएकाे छ । उहाँहरू आफु अनुकल भएर बस्नुहुनेछ पाण्डेले भने ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन २३, १३: २०: ३४

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन २३, १३: २०: ३४

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन २३, १३: २०: ३४

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP