नयाँ विकल्प
काठमाडाैं- सर्वाेच्च अदालतले ऋषि कट्टेल अध्यक्ष रहेका नेकपा आधिकारिक रहेकाे ठहर गरेकाे छ । ऋषि कट्टेलले दायर गरेको रिटमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हाे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई संविधान र निर्वाचन ऐनविपरीत आफ्नो दलसँग नाम मिल्ने गरी दर्ता गराएको भन्दै कट्टेल पहिले आयोगमा निवेदन दिएका थिए।
आयोगले उनको निवेदनमाथि निर्णय गर्दा पनि नयाँ दलको नाम पनि कोष्टकमा नेकपा लेखेर मान्यता दिएपछि कट्टेलले २०७५ साल मंसिरमा रिट दिएका थिए।
यसअघि यो मुद्दामा १० पटक पेशी तोकिएको थियो। पहिलोपटक कारण देखाऊ आदेश भएपछि संयुक्त इजलासमा पुगेको यो रिटको सुनुवाइ २ पटक कट्टेल पक्षले, २ पटक विपक्षी, १ पटक महान्यायाधीवक्ता कार्यालयले स्थगित गरेका थिए । एकपटक अन्य आदेश भएको छ भने २ पटक सर्वोच्च अदालतले हेर्न नभ्याएर पेशी सरेको छ।
नेकपा एमाले र माओवादी केन्द्रले एक भएपछि राख्ने भनेर रोजेको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ पहिला नै निर्वाचन आयोगमा दर्ता भएको भेटिएको थियो। ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी गत मंसिर १० र २१ गते भएको निर्वाचनमा ‘घन र कोदालो’ चिन्ह लिएर सहभागी भएको थियो।
नेपाल कम्युनिष्ट पार्टी २०४८ साल अघिदेखि नै आयोगमा दर्ता छ। आयोगले प्रतिनिधिसभा निर्वाचनमा सहभागिता लागि दल दर्ता आह्वान गर्दा पनि नेपाल कम्युनिष्ट पार्टी २०७४ साल भदौ १० गते दर्ता गरेको थियो।
२०७३ स्थानीय तह निर्वाचनमा सहभागिताका लागि आयोगले दल दर्ता आह्वान गर्दा पनि नेपाल कम्युनिष्ट पार्टीले आवेदन दिएको थियो।
त्यतिबेला पनि आयोगले ३९ नम्बरमा नेपाल कम्युनिष्ट पार्टीको सूची प्रकाशित गरिदिएको थियो। राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ को १ (ङ) मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता हुन नसक्ने उल्लेख छ।
नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...
नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...
नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...