May 17, 2021, Monday

अख्तियारको अनौठो काइदाः घुस बोक्नेलाई नभेट्ने, घुस रकम भेट्ने ?

काठमाडौं । देशका संवैधानिक अङ्गहरु कार्यपालिका अर्थात सत्ताको छायाँमा कसरी पर्दा रहेछन भन्ने उदाहरण फागुन १७ गते सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको एउटा अनौठो कार्यलाई लिन सकिन्छ ।

त्यसमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो महत्वपूर्ण, संवेदनशील तर शक्तिशाली निकायका कर्मचारीहरुको गैरजिम्मेवार क्रियाकलाप हेर्ने हो भने मुलुकमा विधिको शासन नभएर राजनीतिक आग्रह र आस्थाकै आधारमा आरोपीहरुलाई छुटकारा दिईंदो रहेछ भन्ने देखिएको छ ।

प्रदेश नं. २ को धनुषा जिल्लास्थित बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतको गाडीमा एक सेवाग्राहीबाट घुस बापत लिइएको ८ लाख रुपैयाँ अख्तियारले फागुन १७ गते जफत गरेको थियो । बटेश्वर गाउँपालिकाका अध्यक्ष राउत हालको सत्तारुढ दल नेकपाको तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका राउत हाल सत्तारुढ नेकपाको ओलीसमुह निकट छन् ।

ओली प्रधानमन्त्री भएकै कारण उनी निकटका जनप्रतिनिधिहरुलाई जोगाउनकै लागि अख्तियारका कर्मचारीले गाउँपालिका अध्यक्ष राउत सवार गाडी नियन्त्रणमा लिएर घुस बापतको रकम फेला पारे पनि अध्यक्षलाई भने पक्राउ गर्न सकेनन् ।

फागुन १७ गते सोमबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले छापा मार्दा गाउँपालिका अध्यक्ष राउतको गाडीबाट घुस वापतको ८ लाख रुपैयाँसहित गाडी र चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गाडीलाई रोक्न लगाउने वितिकै गाउँपालिका अध्यक्ष राउत भने गाडीबाट ओर्लिएर तत्कालै फरार भएको हास्याँस्पद तर्क गरेको छ ।

आयोगका प्रवक्ता नारायण प्रसाद रिमालले घुस रकम फेला परेको तर गाउँपालिका अध्यक्ष फरार भएको लज्जास्पद र कमजोर सूचना दिएका छन् ।

भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन अख्तियारमा परेको थियो ।

गाउँपालिका अध्यक्ष राउत उक्त गाउँपालिकाका सवारी चालक वीर बहादुर मगरले चलाएको प्र.२–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्कोरपियो गाडीबाट ८ लाख रुपैयाँ अतिरिक्त रकम लिई भाग्ने क्रममा उक्त रकम क्षीरेश्वरनाथ नगरपालिका–५ को बाटो छेउमा फ्याँकेर फरार भएका दाबी गरिएको छ ।

उनका सवारी चालक मगरलाई वटेश्वर गाउपालिकण–४ बाट नियन्त्रणमा लिइएको जनाइएको छ । गाउँपालिका अन्तर्गतको विकास निर्माण योजनाको कामको भुक्तानी दिन उक्त रकम कमिसन लिएको अवस्थामा अख्तियारको टोलीले अध्यक्ष राउतलाई पछ्याएको थियो ।

फरार गाउँपालिकाका अध्यक्ष राउतको खोजी कार्य भइरहेको भनेर आफ्नो कमजोरी छोप्ने प्रयास गरेको छ ।

अध्यक्ष राउतलाई पक्राउ गर्नका लागि पालिकामा पनि तालाबन्दी गरिएको छ । विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तासहित, नागरिक समाज तथा त्यहाँका सर्वसाधारणले भ्रष्ट अध्यक्षलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकामा तालबन्दी गरेका हुन्  ।

बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउतले व्यापक कमिसन लिएको आरोप लगाउँदै उनीहरुले हरेक योजनाको फाइल नियन्त्रणमा लिई अख्तियारलाई थप अनुसन्धान गर्न समेत स्थानीयवासीले माग गरेका छन्  ।

अख्तियारले सवारी चालक र उक्त नगद रकम नियन्त्रणमा लिई थप अनुसन्धान गरेर सानालाई ऐन ठूलालाई चैन भने झैं निरिह सवारी चालकलाई अख्तियारले उल्टै पीडा दिने गरेको गुनासो परिवारका सदस्यहरुले गुनासो गरेका छन् ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन २४, १३: २९: ५५

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन २४, १३: २९: ५५

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन २४, १३: २९: ५५

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP