May 14, 2021, Friday

१५ दिनदेखि दम्पती अझै अझै फेला परेनन्

नयाँ विकल्प

महाेत्तरी- ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा यही फागुन १० गते राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकामा अहिलेसम्म उनीहरुको कुनै अत्तोपत्तो लागेको छैन ।

घरमा दुई बुढाबूढी मात्रै सुतिरहेको अवस्थामा उनीहरूलाई बेपत्ता पारिएको हो भने उनको घरको ओछ्यान र चौकसमा रगतका छिटा देखिएकाले घटना रहस्मय भएको भन्दै प्रहरीले यही फागुन ११ गते बिहानैदेखि वृद्ध दम्पतीको व्यापकरुपमा खोजतलास गरिरहेको छ ।

घटनाको १५ दिन भइसक्दा पनि वृद्ध दम्पती नभेटेपछि घटना झन्झन् जटिल बन्दै गइरहेको बताइएको छ । प्रहरीले उनको गाउँको चारैतिरको वन चौर, झाडी, खोला नाला, पोखरी र छिमेकी गाउँ तथा जिल्लाका विभिन्न स्थानसहित छिमेकी जिल्ला धनुषाका समेत विभिन्न स्थानमा व्यापकरुपमा खोजतलास गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको जनाएको छ ।

वृद्ध दम्पती एउटा मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेका कारण उनीहरुको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाले आँकलन गरिरहेका छन् ।

प्रहरीले उनीहरुको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म तीन दर्जन बढी व्यक्तिलाई ल्याइसकेको र आवश्यक सोधपुछ गरिसक्दा पनि वृद्ध दम्पतीका बारेमा कुनै पत्तो नलागेको प्रहरीको भनाइ छ । –

सम्बन्धित समाचार

बहुमतको सरकार बनाउन किन पत्याइएन देउवालाई ?
बहुमतको सरकार बनाउन किन पत्याइएन देउवालाई ?
  • २०७७ फाल्गुन २४, १३: ०८: ४१

नयाँ विकल्पकाठमाडौं । स्थानिय तहको २०७४ मा सम्मपन्न निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा माओवादी अध्यक्ष प्रचण्डले चार्टर गरेको हेलिकोप्टर चडेर...

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ फाल्गुन २४, १३: ०८: ४१

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ फाल्गुन २४, १३: ०८: ४१

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

भर्खरै

TOP