May 17, 2021, Monday

‘सेना र प्रहरीका श्रीमतीको नाममा खोलिएका संस्था दासीहरुको जस्तै’


नयाँ बिकल्प,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा रहेको श्रीमती संघहरु दासीहरुको संगठन जस्तै भएको आरोप लगाएकी छन् ।

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सोमबार राजधानीमा अयोजित एक कार्यक्रमा नेतृ भुसालले निजामती कर्मचारीतर्फ मुख्यसचिव, सशस्त्र प्रहरी र नेपाल प्रहरीको आइजीपी बन्ने हैसियत भएका महिलालाई दासी बनाउनका लागि श्रीमती संघ खोलेको आरोप लगाएकी हुन् ।

‘यस्ता संघसंस्थाबाट महिलाको अधिकार प्राप्त हुन सक्दैन । श्रीमती संघहरुले महारानीको खोल ओढेर दासी बनाउने संस्कार सुरु गरेका छन् । त्यसको अन्त्य हुनुपर्छ’, सांसद भुषालले भनिन्, ‘प्रधानमन्त्रीको श्रीमतीलाई प्रथम महिला (फस्र्ट लेडी) भन्नु गणतन्त्रको उपहास हो ।’

देशको प्रमुख अहिले विद्यादेवी भण्डारी नै अहिले प्रथम महिला (फस्र्ट लेडी) भए पनि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफ्नी श्रीमतीलाई प्रथम महिलाको रुपमा उभ्याउने गरेको भन्दै भुषालले असन्तुष्टि व्यक्त गरिन् ।

राजा महाराजाको पालमा जस्तै संस्कार अहिले गणतन्त्रमा पनि हुनु गलत भएको बताईन । विभिन्न आन्दोलनबाट प्राप्त महिलाको अधिकारलाई सुनिश्चित गर्न माग गर्दै उनले राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिइन् ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि समावेशीता कार्यान्वयन अझै नभएको भन्दै नेतृ भुषालले राष्ट्रप्रमुखदेखि न्यायपालिकासम्म महिला प्रमुख भएको अवस्थामा अन्य क्षेत्रमा त्यो नभएको दाबी गरिन् ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन २४, १५: १३: २६

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन २४, १५: १३: २६

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन २४, १५: १३: २६

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP