May 17, 2021, Monday

भारतको सहयोगमा चन्द्रागिरीस्थित विष्णुदेवी माविको पुनर्निर्माण शुुरु


नयाँ बिकल्प,

काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ ।

भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ लागतमा पुनर्निर्माण हुन लागेको सो भवनको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास सहकार्य प्रभागका प्रमुख डा. प्रफुल्लचन्द्र शर्मा र चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले भूमि पुजन गरेका छन् ।

विष्णुदेवी माविको पुनर्निर्माण नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप हुने जनाइएको छ । शैक्षिक, प्रशासनिक तथा प्रयोगशाला र पुस्तकालय गरी अब बन्ने नयाँ संरचनामा तीनवटा ब्लकहरु हुनेछन् ।

नयाँ बन्ने भवनमा १३ वटा कक्षा कोठा, परीक्षा हल, प्रयोगशाला कक्ष, कम्प्युटर कक्ष, पुस्तकालय, विद्यालय व्यवस्थापन समितिका लागि कक्ष, प्रशासनिक कक्ष र छात्र तथा छात्राका लागि छुट्टा छुट्टै सरसफाई संरचनाको सुविधा रहने नेपालस्थित भारतीय दुतावासले जनाएको छ ।

यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । सीबीआरआई भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतको शीर्ष संस्थाको रुपमा छ।

शिक्षाको क्षेत्रमा भारत सरकारले प्रदान गरेको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत निर्माण हुन लागेको यो ६८ औं विद्यालय हो ।

उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक, भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा विद्यालयका विद्यार्थीहरुको उपस्थिति थियो ।

२०७२ सालको भूकम्पले क्षति पुर्याएका नेपालका आठ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण हेतु भारत सरकारले ५० मिलियन अमेरिकी डलर अर्थात ५ अर्ब ८ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरिसकेको छ । अहिलेसम्म गोरखा र नुवाकोट जिल्लामा ४७ हजार घरहरु निर्माण भइसकेका छन् भने बाँकी घरका निर्माण कार्य अघि बढिरहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सम्बन्धित नगरपालिकाका अधिकारीहरुले लाभग्राहीहरुलाई वर्षायाम आउनु अघि नै निर्माण कार्य सम्पन्न गरिसक्न आग्रह गरेका छन् ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माण भारतको आर्थिक सहयोगमा भइरहेको छ ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन २४, १७: १०: ३५

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन २४, १७: १०: ३५

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन २४, १७: १०: ३५

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP