May 14, 2021, Friday

श्रीमान् बितेको २३ वर्षपछि रातो टीका र पछ्यौरी

नयाँ विकल्प
दमौली–तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाईन् । श्रीमान् बित्दा उनको काखमा पाँच वर्षकी छोरी थिइन् भने कोखमा पाँच महिने छोरा ।

उनलाई सहारा दिने आफन्त कोही थिएनन् । पति गुमाउनुको पीडा एकातिर थियो नै, समाजको हेपाइ पनि उत्तिकै । सङ्घर्षले छोरा छोरी हुर्काईन्, बढाईन् र पढाईन् । अहिले तिनै छोराछोरी पदममायाको सहारा बनेका छन् ।

श्रीमान्को मृत्युपश्चात् कहिल्यै पनि रातो टीका नलगाएकी उनले २३ वर्षपछि निधारमा रातो टीका लगाईन् । साथै रातो पछ्यौरा पनि पहिरिईन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा म्याग्दी गाउँपालिकाले आयोजना गरेको एकल महिलालाई रातो टीका, रातो पछ्यौरा सम्मानमा सहभागी भएर उनले टीका र पछ्यौरी पहिरिएमी हुन् ।

गाउँपालिका अध्यक्ष मायादेवी रानाले पदममायालाई रातो टीका र पछ्यौरी ओढाएर सम्मान गरिन् । एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण फेर्न आफूले रातो पछ्यौरीसँगै रातो टीका लगाएको पदममायाले बताईन् ।

“मुखले नारी पुरुष बराबरी भने पनि पुरुषप्रधान देशमा नारीहरू अपहेलित भएको अवस्था छ” “त्यसैले पनि आज रातो टीका ग्रहण गरेको बताउँछिन् ।”

म्याग्दे–३ धयरेनिवासी अञ्जु आलेले विवाहको चार वर्षमा श्रीमान् गुमाईन् । श्रीमान्को मृत्युपछि भर्खर कलकलाउँदो उमेरमा उनको पहिरन फिक्का बन्यो ।

रातो पहिरन लगाउन मन भए पनि समाजले नराम्रो सोच्ला भन्ने डर थियो । समाज परिवर्तन हुनुपर्छ भन्ने सोचेर अञ्जुले २८ महिनामा रातो पछ्यौरी पहिरिईन् ।

गाउँपालिका अध्यक्ष मायादेवी रानाले पनि रातो टीका र पछ्यौरा ग्रहण गरिन् । आफ्नै साइँली जेठानी सुकमाया राना र काइँली जेठानी विष्णुमाया रानाले रातो टीका लगाएर पछ्यौरी ओढाइ दिएका हुन् । अध्यक्ष रानाले चार वर्षअघि मात्रै श्रीमान् गुमाएका थिए ।

हिन्दू परम्पराअनुसार श्रीमान् गुमाएपछि रातो टीका र पहिरन नै लगाउन हुँदैन भन्ने सामाजिक मान्यता छ ।

त्यस्तो सामाजिक मान्यता चिर्नका लागि एकल महिलालाई रातो टीका र रातो पछ्यौरा ओढाउने कार्यक्रम गरिएको अध्यक्ष रानाले बताए ।

“यो कार्यक्रम गर्दा कतिले प्रशंसा गरेका छन् भने कतिले आलोचना पनि”, “ती नकारात्मक कुरालाई पनि ऊर्जामा रूपान्तरण गर्ने बताईन् ।” एकल महिलालाई आत्मनिर्भर बनाउन विविध कार्यक्रम बनाउने पनि रानाले प्रतिबद्धता व्यक्त गरे ।

म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा आयोजित कार्यक्रममा गाउँपालिकाले १२७ एकल महिलालाई रातो टीका र पछ्यौरीले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । रासस

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ फाल्गुन २५, ११: ४१: ०१

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ फाल्गुन २५, ११: ४१: ०१

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ फाल्गुन २५, ११: ४१: ०१

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP