May 17, 2021, Monday

लक्ष्यभन्दा अगाडि नै छात्रावास भवन निर्माण सम्पन्न

नयाँ विकल्प
म्याग्दी–जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ ।

ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना अलपत्र बनिरहेको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको छात्रावास भवन लक्ष्यभन्दा एक महिनाअघि नै सकेको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको साझेदारीमा १० कोठे छात्रावास भवन निर्माण गर्न गत २०७७ असार ५ गते उत्तरगङ्गा निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयभित्रै भवन निर्माण सकेर गाउँपालिकालाई हस्तान्तरण गरेको निर्माण सेवाका सञ्चालक कृष्ण बरुवालले बताए ।

“कोरोनाका कारण सबै आयोजनाको ठेक्का सम्झौताको म्याद ६ महिना थपिए पनि शिख माविको भवन निर्धारित समयअघि नै सकेर हस्तान्तरण गरेको सञ्चालकले बताए ।” “कोरोनाको जोखिम, लकडाउन, बाढीपहिराको असहज अवस्था भए पनि पर्याप्त मजदुर, उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर भवन निर्माण गरिएको हो ।”

एकतले भवनमा १० कोठा र सात शौचालय तथा शयनकक्ष छन् । रु १ करोड १० लाख लागत अनुमान गरिएको भवन बनाउन रु ८१ लाखमा ठेक्का लागेको थियो । दोस्रो चरणमा अर्को छात्रावास भवन बनाउन रु १ करोड ९२ लाख लागत अनुमान गरेर आह्वान गरिएको ठेक्का ३०.०२ प्रतिशत घटेर ढोरपाटन निर्माण सेवाले पाएको छ ।

गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले तीनतले ३० कोठे भवन बनाउन लागिएको बताए । कम बोलेको ढोरपाटन निर्माण सेवालाई ठेक्का सम्झौताका लागि बोलाएको गाउँपालिकाले जनाएको छ । वि.सं २०७७ असार मसान्तसम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

विकट क्षेत्रका बालबालिकालाई विद्यालयमै खानेबस्ने सुविधासहित अध्ययनको व्यवस्था मिलाउने सामाजिक विकास मन्त्रालयको अवधारणाअनुसार आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो ।

गत वर्ष रु ६० लाख पठाएको मन्त्रालयले आवासीय विद्यालयको छात्रावास बनाउन यस वर्ष रु दुई करोड पठाएको थियो । छात्रावासमा घर टाढा भएका विद्यार्थीलाई खानेबस्ने सुविधा हुनेछ ।

कक्षा १२ सम्मको पठनपाठन हुने शिख माविमा हाल १८९ विद्यार्थी छन् । आवास सुविधा भएपछि घर टाढा भएका विद्यार्थीलाई सुविधा पुग्नुका साथै कम विद्यार्थी सङ्ख्या भएका विद्यालय गाभ्न सकिने प्रअ केदार कार्कीले बताए । नयाँ छात्रावास भवन केही दिनमै प्रयोगमा ल्याउने तयारी गरिएको छ । रासस

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन २५, ११: ५५: ४२

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन २५, ११: ५५: ४२

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन २५, ११: ५५: ४२

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP