May 14, 2021, Friday

बैशाख महिनाबाट हुलास आइरन इण्डष्ट्रिज सञ्चालन हुँदै

नयाँ विकल्प
वाग्मती–पर्सा जिल्लामा करिब रु ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ ।

उद्योग निर्माणको अन्तिम चरणमा छ । मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ । अब १० प्रतिशत काम मात्र बाँकी रहेको छ ।

गोल्छा समूहद्वारा स्थापना गरिएको हुलास आइरन इण्डष्ट्रिज प्रा.लि.नामक सो उद्योग आउँदो वैशाख महिनाबाट सञ्चालनमा आउने भएको छ । पर्साको वीरगञ्ज–पोखरिया सडक खण्डअन्तर्गतको विन्दवासिनी गाउँपालिकामा सो उद्योग स्थापना गरिएको हो ।

गोल्छा समूहका शरद गोल्छाको लगानीमा निर्माण भइरहेको सो उद्योगबाट वार्षिक ८० हजार टन फलामजन्य सामग्री उत्पादन हुने लक्ष्य राखिएको छ ।

उद्योग सञ्चालनपश्चात् त्यस उद्योगबाट पाइप, जस्तापाता, वायर र बोल्डर (तारजालीको) र एङ्गल उत्पादन हुने बताइएको छ ।

अठार बिघा जमिन क्षेत्रफलमा निर्माण भइरहेको सो उद्योग तीन वर्ष अगाडिदेखि निर्माण भइरहेको हो । गत वर्ष नै निर्माणसम्पन्न गरी सञ्चालन गर्ने योजना रहे पनि कोरोना महामारीका कारण उद्योग निर्माण सम्पन्न गर्नमा ढिलाइ भएको थियो ।

निर्माण ढिलाइका कारण उद्योग निर्माणको लागत पनि बढ्ने अनुमान रहेको व्यवस्थापन पक्षका पदाधिकारीले बताएका छन् ।

उद्योग सञ्चालनका लागि निर्माणकार्य छिटो सम्पन्न गराउनका लागि दैनिक ४०÷५० कामदार तथा प्राविधिकले काम गरिरहेका छन् । आधुनिक प्रविधिको प्रयोगबाट त्यस उद्योगबाट फलामजन्य सामग्री उत्पादन हुनेछ ।

वीरगञ्ज–पोखरिया क्षेत्रमा सञ्चालित उद्योगमध्ये सबैभन्दा ठूलो लगानीको उद्योग रहेको र यसको सञ्चालनबाट उद्योगले करिब एक हजार व्यक्तिलाई रोजगारी दिने बताइएको छ ।

विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह (मोदी)ले उद्योग स्थापानाबाट अत्यन्त खुशी रहेको बताउँदै आर्थिक समृद्धि र रोजगारीका लागि उद्योग आवश्यक रहेको छ भन्नुभयो । उद्योग सञ्चालनमा सबै पक्षले सहयोग पु¥याउनुपर्ने उनले बताए ।

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख शशिभूषणकुमार यादवले बारा र पर्सा जिल्लामा ठूला तथा साना उद्योग थपिँदै गएको उल्लेख गर्दै उद्योगले गुणस्तरीय सामग्री उत्पादन गर्नुपर्ने बताए । अहिले नेपालमा फलामजन्य तथा सिमेन्ट उद्योग व्यापकरूपमा खुल्दै गएका छन् ।रासस

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ फाल्गुन २५, १२: ४२: २५

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ फाल्गुन २५, १२: ४२: २५

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ फाल्गुन २५, १२: ४२: २५

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP