May 14, 2021, Friday

कांग्रेस म्याग्दीका पूर्वसभापति डा. खड्काको निधन


नयाँ बिकल्प,

काठमाडौं – नेपाली काँग्रेस म्याग्दी जिल्ला पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको ८० वर्षका उमेरमा निधन भएको छ । बेनी नगरपालिका–८ सङ्म चोक निवासी उनको काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मंगलबार बिहान निधन भएको हो ।

अकस्मात बिरामी परेपछि आइतबार हेलिकप्टरबाट काठमाडौँ ल्याएर उनको उपचार भएको थियो । गत शुक्रबार र शनिबार बेनीमा भएका विभिन्न कार्यक्रममा सहभागी भएका खड्का मुटुसम्बन्धी रोगको औषधि सेवन गर्ने गर्थे ।

२०५६देखि ०६७ सम्म दुई कार्यकाल काँग्रेस म्याग्दी जिल्लाका सभापति भएका डा. खड्का म्याग्दी बहुमुखी क्याम्पसका सञ्चालक समितिका पूर्वअध्यक्ष र जिल्लाका कुसल चिकित्सक तथा कानून व्यवसायीको रुपमा स्थापित व्यक्तित्व भएको म्याग्दी कांग्रेसका प्रवक्ता अजयमिलन श्रेष्ठले बताए ।

बेनीको प्रकाश माध्यमिक विद्यालयका शिक्षकसमेत रहेका डा. खड्काका एक छोरा र एक छोरी रहेका छन् । स्पष्ट वक्ता, अध्ययनशील र सरल स्वभावका खड्का नेपाल रेडक्रस सोसाइटीका पूर्वसभापति हुन् ।

उनको मंगलबार नै काठमाडौँस्थित पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ फाल्गुन २५, १४: २९: २७

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ फाल्गुन २५, १४: २९: २७

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ फाल्गुन २५, १४: २९: २७

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP