May 17, 2021, Monday

भारतको सहयोगमा कुमारी छेँ र कुमारी निवास पुनर्निर्माण सुरु

काठमाडौं । भारत सरकारको सहयोगमा ललितपुरको पाटनस्थित कुमारी छेँ र कुमारी निवासको पुनर्निर्माण हुने भएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कुमारी छेँ र कुमारी निवासको पुनर्निर्माणका लागि शिलान्यास गरेका छन् ।

उक्त समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पूर्व संस्कृतिमन्त्री तथा ललितपुरका पूर्व मेयर बुद्घिराज बज्राचार्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका परियोजना निर्देशक श्याम किशोर सिंह, कुमारी छेँ उपभोक्ता समितिका सदस्य एवम् समुदाय सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रममा भारतीय राजदूतावासको पुनर्निर्माण एवम् विकास प्रभागका अधिकारीहरुको पनि सहभागीता रहेको थियो ।

त्यसैगरी, नेपालका आठ जिल्लामा सांस्कृतिक सम्पदा परियोजनाको संरक्षण, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि भारत सरकारले ने रु. ५.८ अर्ब आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता जनाइसकेको छ ।

सोही प्रतिबद्घता अनुरुप पुनर्निर्माण हुन लागेका २८ वटा सांस्कृतिक सम्पदा मध्येको कुमारी छेँ र कुमारी निवासको विकास र पुनर्निर्माण कार्य दोस्रो परियोजना हो ।

यी २८ वटा क्षेत्रहरु नेपाल सरकारले पहिचान गरेका हुन् । यी परियोजनाहरुको कार्यान्वयन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले गरिरहेको छ ।

त्यसैगरी, २०७२ सालको भूकम्पले क्षति पुर्याएका सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन तथा पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुरुप कुमारी छेँ र कुमारी निवासको संरक्षण गरिनेछ ।

पुनर्निर्माण कार्यमा पुरानो भवनको पुनस्र्थापना गरिनुका साथै भित्ते चित्रको संरक्षण पनि गरिनेछ जसले कुमारी देवीको पूजा अर्चना गर्ने भवनको रुपमा काम गर्नेछ । यसको अलावा हाल कुमारी छेँ भएको स्थानको पूर्वी दिशाको खाली जग्गामा नयाँ भवनको निर्माण गरिनेछ ।

नेपाल सरकारले स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन अनुरुप पुनस्र्थापना र विकास कार्यलाई अघि बढाउनका निमित्त आवश्यक पर्ने प्राविधिक सहयोग भने Indian National Trust for Art and Cultural Heritage (INTACH) ले गर्नेछ ।

त्यसैगरी, ‘कुमारी’ भन्नाले जीवित देवीलाई जनाउँदछ, जसको पूजा काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीयवासीले गर्दछन् । कुमारी संस्कृति भन्नाले काठमाडौं उपत्यकाका बौद्घधर्ममा आस्था राख्ने नेवार समुदायको केन्द्रीय र अद्वितीय परम्परा हो ।

अब बन्ने कुमारी निवासमा परम्परागत वास्तुकलालाई समेटिएको छ । नेवार समुदायको सामाजिक, धार्मिक तथा सांस्कृतिक जीवनमा कुमारी देवीको महत्वलाई यी परम्परागत विशेषताहरुले प्रतिकात्मक शैलीमा प्रतिनिधित्व गरेका छन् ।

यसैगरी, जीवित सांस्कृतिक सम्पदाको गौरवगाथा एवम् परम्पराको जर्गेना गर्ने हेतु नेपालमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण र पुनःस्र्थापनाका लागि नेपाल सरकारसँग जोडिन पाएकोमा भारत सरकारले खुसी व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ फाल्गुन २५, १५: ५०: ३६

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ फाल्गुन २५, १५: ५०: ३६

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ फाल्गुन २५, १५: ५०: ३६

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP