May 14, 2021, Friday

धनगढीमा एमाले ओली र नेपाल पक्षका कार्यकर्ताबीच झडप, पार्टी कार्यालय प्रहरीको नियन्त्रणमा

नयाँ बिकल्प,

धनगढी – सत्तारुढ नेकपा एमालेको धनगढीस्थित प्रदेश कार्यलयमा बोर्ड राख्ने र हटाउने विषयलाई लिएर बिबाद चर्किएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ ।

धनगढी उपमहानगरपालिका चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यालयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ता बीच झडप भएको हो । स्थिति तनावपूर्ण भएपछि पार्टी कार्यालयलाई प्रहरीले सुरक्षा घेरा भित्र राखेको छ ।

नेपाल पक्षका कार्यकर्ताले बुधबार बिहान पार्टीको प्रदेश कार्यलय प्रवेश गरी भीम रावल प्रदेश इन्चार्ज र भानुभक्त जोशी अध्यक्ष भएको नेम प्लेटसहित नयाँ बोर्ड राखेका थिए ।

त्यसको केहीबेरमा ओली पक्षका नेता तथा प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा गएको जुलुसले माधव पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेको थियो । सो समूहले रावल प्रदेश इन्चार्ज र जोशी अध्यक्ष भन्ने नेम प्लेट पनि हटाएको छ ।

ओली पक्षका नेताहरुले सूदुुरपश्चिम प्रदेश कमिटी अध्यक्षमा कर्णबहादुर थापा र प्रदेश ईन्चार्जमा लेखराज भट्टको नेमप्लेट राखेका थिए । नेता नेपाल पक्षधर कार्यकर्ताले भीम रावलको नाम हटाएर भट्टको नाम राखेको भन्दै आक्रमण गरेका थिए ।

आफ्ना नेताको नेमप्लेट र बोर्ड हटाएपछि रावल पक्षका कार्यकर्ता आएर ओली पक्षले राखेको बोर्ड र नेम प्लेट हटाएका थिए । त्यस क्रममा दुवै पक्षबीच भनाभन र झडप समेत भएको हो । झडपलगतै प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ ।

नेकपामा बिबाद हुँदा अध्यक्ष केपी शर्मा ओली पक्षले सूदुरपश्चिम प्रदेशको अध्यक्षबाट जोशी र ईन्चार्जबाट रावलाई हटाएर क्रमश थापा र भट्टलाई ल्याएका थिए ।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ फाल्गुन २६, १६: ४९: ४३

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ फाल्गुन २६, १६: ४९: ४३

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ फाल्गुन २६, १६: ४९: ४३

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP