April 18, 2021, Sunday

भारतीय सहयोगमा निर्मित ललितपुरको सहकारी प्रवर्धन केन्द्र र गोरखाको विद्यालय भवन उद्घाटन


नयाँ बिकल्प,
काठमाडौं । भारत सरकारको ३ करोड ५० लाख रुपैयाँको आर्थिक सहयोगमा ललितपुरस्थित जिल्ला सहकारी संघ लिमिटेडको लागि निर्माण गरिएको नयाँ सहकारी प्रवर्धन केन्द्र भवनको नेपालस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी खम्पाले बुधबार उद्घाटन गरेकी छन् ।

नेपाल सरकारका पूर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणा, सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल तथा संघका पदाधिकारी र जिल्ला समन्वय समितिका प्रतिनिधिहरुको उपस्थितिमा सो भवन उद्घाटन गरिएको भारतीय दूतावासले जनाएको छ ।

‘नेपाल—भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित यस तीनतल्ले नयाँ भवनमा बहुउद्देश्यीय बेसमेन्ट, ग्राउण्ड र दोस्रो तल्ला छन् । पहिलो तल्ला खुल्ला बजारका लागि र दोस्रो तल्लामा कार्यालय एवम् प्रशिक्षण कक्ष, बहुउद्देश्यीय हल, एउटा स्रोत केन्द्र तथा चमेनागृह रहनेछ ।

सन् २००३ यता भारतले नेपालमा ४४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ जसमध्ये ललितपर जिल्लाका ९ वटा परियोजना सहित ८४ वटा परियोजना प्रदेश नं ३ मा रहेको छ ।

भारतीय राजदूतावासले ललितपुर जिल्लाका विभिन्न स्वास्थ्य चौकी, गैरसरकारी संस्था तथा शैक्षिक संस्थाहरुलाई १८ वटा एम्बुलेन्स र ९ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

सन् १९७२ मा स्थापित यस सहकारी संघ लिमिटेडको सदस्य समाजको रुपमा ७६५ वटा सहकारी रहेका छन् भने तीन लाख पचास हजार भन्दा बढी सदस्यता रहेको छ ।

कृषिजन्य उत्पादनको बजारीकरणमा विशेष रुचि राख्ने व्यक्तिहरुका लागि सो भवनले सूचना केन्द्रको रुपमा पनि काम गर्ने विश्वास लिइएको छ ।

विगत दुई वर्षमा भारतले ५९ जना कृषि वैज्ञानिक, किसान, जैविक खेती, माटो परीक्षण र मलखाद विज्ञान जस्ता क्षेत्रमा आबद्ध कृषिक्षेत्रका नीति निर्माणकर्तालाई दिल्लीको नेसनल क्यापिटल रिजन को शीर्षस्थ भारतीय कृषि केन्द्रहरुमा प्रशिक्षण दिइसकेको छ ।

दुवै देशका सरकारले नेपालमा नमुना पशु अस्पताल र पशु प्रयोगशाला स्थापना गर्ने बारे काम पनि गरिरहेका छन् ।

यसैगरी भारतीय सरकारको सहयोगमा गोरखा जिल्लामा निर्माण गरिएको हिमालय माध्यमिक विद्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ ।

भारत सरकारको चार करोड ३३ लाख आर्थिक सहयोगमा गोरखा जिल्लाको शहीद लखन गाउँपालिका—६, घैरुङ्गमा निर्माण गरिएको सो विद्यालयको नयाँ भवनको बुधबार भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशल, जिल्ला समन्वय समितिका प्रमुख, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय प्रतिनिधिहरुबाट संयुक्त रुपमा उद्घाटन गरियो ।

‘नेपाल—भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित यस तीन तल्ले नयाँ विद्यालय भवनमा १८ वटा कक्षा कोठा, विज्ञान प्रयोगशाला, प्रशासन, शिक्षक र प्रधानाध्यापकका लागि एक—एकवटा कक्ष र छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचना रहनेछन् ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुरुप पहिले ‘साना विकास परियोजनाको नामले परिचित यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, गोरखाले गरेको छ ।

सन् २००३ यता भारतले नेपालमा ५ सय २० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४४६ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।
गोरखा जिल्लाका ७ वटा परियोजना सहित ५० वटा परियोजना प्रदेश नं ४ मा रहेका छन् ।

भारत सरकारले आर्थिक सहयोग गरेका प्रदेश नं ४ का विविध परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणहरुमा रहेका छन् । भारतीय राजदूतावासले गोरखा जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई १२ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

२०७२ को भूकम्पले क्षति पु¥याएका जिल्लाका ७ वटा विद्यालय भारत सरकारले निर्माण गरेको छ ।तीनवटा विद्यालयको निर्माण सम्पन्न भई गत मंसीर १२ गते भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाद्वारा उद्घाटन भइसकेका छन् भने बाँकी चारवटा विद्यालयको निर्माण कार्य भइरहेको छ ।

भारतले गोरखामा भूकम्पले क्षति पु¥याएका ३० वटा अस्पतालको पुनर्निर्माण पनि गरिरहेको छ ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ फाल्गुन २६, १७: ४३: ०८

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ फाल्गुन २६, १७: ४३: ०८

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ फाल्गुन २६, १७: ४३: ०८

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP