May 14, 2021, Friday

वन व्यवस्थापनका लागि नयाँ योजना आवश्यकः वन विज्ञहरु

नयाँ विकल्प
काठमाडौं–सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेपछि वन व्यवस्थापनका लागि नयाँ योजना आवश्यक भएको विज्ञहरूको भनाइ छ ।

नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको वन व्यवस्थापन र काठ आपूर्तिको चुनौतीसम्बन्धी कार्यक्रमका सहभागी विज्ञहरूले वन व्यवस्थापनको सट्टा वैकल्पिक व्यवस्थापन योजना आवश्यक भएको बताए ।

वन तथा भूसंरक्षण विभागअन्तर्गतको वन व्यवस्थापन महाशाखाका प्रमुख दिवेशमणि त्रिपाठीले सरकारले वैज्ञानिक वन व्यवस्थापनको विकल्प छिट्टै खोज्ने प्रतिबद्धता व्यक्त गर्दै, त्यसका लागि सरकारले गृहकार्य गरिरहेको बताए ।

नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशराज रेग्मीले वैज्ञानिक वन व्यवस्थापनका जटिलता र समस्याहरू समाधान गरेर अघि बढ्न सरकारलाई सुझाव दिए ।

मुलुकमा बर्सेनि पाँचदेखि छ करोड घनफिट काठ आपूर्ति भए पुग्ने अवस्थामा अहिले वनमा निकाल्न पर्ने करिब ११ करोड घनफिट काठ रहेको जानकारी गराउँदै विदेशबाट १८ अर्ब रुपैयाँ बराबरको काठ आयात हुनु दुःखद् पक्ष भएको बताए ।

वन प्राविधिक सङ्घका उपाध्यक्ष श्रीप्रसाद बरालले सरकारले वैज्ञानिक वन व्यवस्थापन पद्धति हचुवामा खारेज गरेको बताउँदै अर्को विकल्प नभई वैज्ञानिक वन व्यस्थापन कार्यविधि खारेज गर्न नहुने बताए ।

सामुदायिक वन उपभोक्ता महासङ्घका सचिव ठाकुर भण्डारीले उपभोक्ताको चाहना सहज र सरल तरिकाले काठ व्यवस्थापन गर्ने रहेको उल्लेख गर्दै वनको व्यवस्थापनमा जनसहभागिता हुनुपर्ने बताए ।

साथै उनले दिगो वन व्यवस्थापनमा योजना बनाएर उपभोक्तालाई सहजरूपमा काठ उपलब्ध गराउने अधिकारका लागि आफूहरू सकारात्मक रहेको बताए ।

पर्यावरण विज्ञ बाबुराम यादवले वैज्ञानिक वन व्यवस्थापन जनतालाई ठग्ने र नेतालाई झुक्याउने काम भएको तर्क गरे । वन विज्ञ डा. विनोद भट्टले वनको दिगो व्यवस्थापनका लागि सरोकारवाला निकायले वृक्षरोपणलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

समूहका अध्यक्ष कसमस विश्वकर्माले वनको दिगो संरक्षणका लागि सरोकारवाला निकायहरूले मिलेर काम गर्नुपर्ने बताउँदै त्यसका लागि समूहले नियमित यस्ता बहस कार्यक्रमहरू गरिरहेको बताए । रासस

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ फाल्गुन २७, १२: ००: ५५

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ फाल्गुन २७, १२: ००: ५५

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ फाल्गुन २७, १२: ००: ५५

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP