May 14, 2021, Friday

भारत सरकारको सहयोगमा बुढानिलकण्ठ धर्मशालाको पुनर्निर्माण हुने

काठमाडौं । काठमाडौंमा रहेको बुढानिलकण्ठ मन्दिरको धर्मशाला पुनर्निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्यसी खम्पाले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

सो शिलान्यास समारोहमा मन्दिरका मठाधिस स्वामी निगमानन्द, बुढानिलकण्ठ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्का, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिलाल गेलाल, भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयका सचिव टेकनारायण पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल, विश्वहिन्दु महासंघका अध्यक्ष चक्रबन्धु अर्याललगायत भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारीको उपस्थिति रहेको थियो ।

यसैगरी, यस धर्मशालाको पुनर्निर्माण भारत सरकारको ५.८ अर्ब आर्थिक सहयोगमा सञ्चालित २८ वटा सांस्कृतिक सम्पदा संरक्षण तथा पुनस्र्थापना परियोजनामध्येको तेस्रो परियोजनाको रुपमा रहेको छ ।

यी सबै २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको पहिचान नेपाल सरकारले गरेको हो, भने यसका लागि गत अगस्ट २०१७ मा भारत सरकार र नेपाल सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय कार्यान्वयन इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन गर्ने निकायको रुपमा रहेको छ ।

यस धर्मशालाको निर्माणले मन्दिरमा आउने तीर्थयात्री तथा पर्यटकको भ्रमणलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

यसैगरी, भारतले विगतदेखिनै सांस्कृतिक सम्पदा संरक्षण एवम् पुनस्र्थापनाका लागि नेपालसँग मिलेर काम गर्दै आएको छ ।

हामीसँग भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने प्रचुर सांस्कृतिक समानता तथा सम्पदा रहेका छन् । यसअघि गत नोभेम्बर २०१९ मा कूल २.२ करोडको लागतमा बुढानिलकण्ठ मन्दिरका लागि मठाधिस भवनको निर्माण भएको थियो ।

यसैगरी,सांस्कृतिक सम्पदाको संरक्षण एवम् पुनस्र्थापनाका लागि नेपाल सरकारसँग हातेमालो गर्न भारत सरकार प्रतिबद्ध रहेको जनाएको छ ।

सम्बन्धित समाचार

बहुमतको सरकार बनाउन किन पत्याइएन देउवालाई ?
बहुमतको सरकार बनाउन किन पत्याइएन देउवालाई ?
  • २०७७ फाल्गुन २७, १६: ०९: ०१

नयाँ विकल्पकाठमाडौं । स्थानिय तहको २०७४ मा सम्मपन्न निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा माओवादी अध्यक्ष प्रचण्डले चार्टर गरेको हेलिकोप्टर चडेर...

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ फाल्गुन २७, १६: ०९: ०१

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ फाल्गुन २७, १६: ०९: ०१

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

भर्खरै

TOP