April 19, 2021, Monday

कालिकोटबाट सुर्खेत आउँदै गरेको बस दुर्घटना दुई को मृत्यु, ११ घाइते


नयाँ विकल्प
देलेख – कालिकोटबाट सुर्खेत आउँदै गरेको मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सदरमुकाम मान्मबाट आउँदै गरेको कर्णाली प्रदेश ०२४७ एसएमएल नम्बरको गाडी दैलेखको आठविस नगरपालिका-३ सेराघाटमा दुर्घटनामा परेको हो।

बिहीबार बिहान ११ बजे गाडी दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । ओभरटेक गर्ने क्रममा गाडी सकडबाट करिब ६० मिटर तल खसेको हाे ।

दुर्घटनामा कालिकोटको शुभकालिका गाउँपालिका–२ का ३७ वर्षीय जितेन्द्रबहादुर शाही र नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल बिकको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

शाहीको घटना स्थलमै मृत्यु भएको हो भने बिकको दुर्घटनास्थल नजिकै रहेको शाही मेडिकलमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

गाडीमा चालकसहित १९ जना सवार दिए। दुर्घटनामा घाइते भएका ११ जनालाई दुइटा एम्बुलेन्समा राखेर उपचारकालागि सुर्खेत पठाइएकाे छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। बाँकी ५ जना घाइतेको अवस्था सामान्य रहेको र शाही मेडिकलमै उपचार भइरहेको छ। गाडीका चालक र सहचालक भने फरार छन् ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ फाल्गुन २७, १५: ४७: ३७

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ फाल्गुन २७, १५: ४७: ३७

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ फाल्गुन २७, १५: ४७: ३७

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP