May 14, 2021, Friday

प्रधानमन्त्री ओलीसँग भेटेपछि जसपाले बाेलायाे संसदीय दलको बैठक


नयाँ विकल्प
काठमाडाैं-विहिबार प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टी (जसपा) बिचकाे छलफल भएसंगै जसपाले को संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दै छ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले बहुमत गुमाएको खण्डमा ओलीलाई बहुमत जुटाउन अर्को दलको साथ चाहिन्छ। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा छ।

यसैबीच जसपाका शीर्ष नेताहरूले बिहीबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए। जेलमा रहेका सांसद रेशम चौधरीलाई छोड्ने, नेता/कार्यकर्तालाई लगाइएको मुद्दा फिर्ता लिने र संविधान संशोधन गर्न तयार भए सहकार्य हुन सक्ने जसपा नेताहरूले प्रधानमन्त्री ओलीलाई बताएका छन्।


प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर छलफल गरिरहेको जसपाको आजको संसदीय दलको बैठकमा मुख्यगरी दुइटा एजेन्डामा छलफल हुने एक नेताले जानकारी दिए। संसदीय दलको विधान छलफलपछि पारित गर्ने र संसदीय दलको नेता चयन गर्ने आजका बैठकका एजेन्डा छन्।

पार्टीका सांसदहरूलाई संसदीय दलको विधान अध्ययनका लागि दिइएको छ। आजको बैठकमा छलफलपछि उक्त विधान पारितसँगै संसदीय दलको नेता चयन गर्ने गरिने छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरण भए पनि अहिलेसम्म एकीकृत पार्टीको संसदीय दलको नेता चयन भएको थिएन।

गत वैशाख १० गते राजपा र समाजवादी पार्टीको एकतापछि नाम जसपा राखिएको थियो। त्यसबेला उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीले राजपासँग एकीकरण गरेको थियो। पार्टी विभाजन गर्न सजिलो हुने गरी त्यसबेला सरकारले अध्यादेश ल्याएपछि छोटो समयमै राजपा र समाजवादी पार्टीबीच एकीकरण भएको थियो।

जसपाका एक नेताका अनुसार अब संसदीय दलको नेता पनि चयन गर्नुपर्नेछ। संसदमा चौथो ठूलो दल रहेको जसपामा ३४ मध्ये अहिले ३२ सांसद छन्। दुई सांसद निलम्बनमा छन्। एकता हुनुअघि राजपामा महन्थ ठाकुर र संघीय समाजवादी फोरममा उपेन्द्र यादव संसदीय दलका नेता थिए। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले फोरमसँग एकता गरेपछि समाजवादी पार्टी बनेको थियो।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ फाल्गुन २८, १२: १७: १२

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ फाल्गुन २८, १२: १७: १२

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ फाल्गुन २८, १२: १७: १२

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP