May 14, 2021, Friday

रुपा गाउँपालिकाद्वारा १३ स्रष्टा सम्मानित

नयाँ विकल्प
गण्डकी–कास्की जिल्लाको रुपा गाउँपालिकाले विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याउने १३ स्रष्टालाई रुपा रत्नले सम्मान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले स्थानीय तह स्थापना दिवसका अवसरमा गाउँपालिकाको केन्द्र भिरकोटमा आयोजित कार्यक्रममा स्रष्टाहरूलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।

रुपा गाउँपालिकामा जन्म भएका साहित्यकार तथा लेखक हरिहर खनाल, अमर न्यौपाने, रामबाबु सुवेदी, बद्रीविनोद खनाल (प्रतीक), सूर्य खड्का विखर्ची, अभिनय तथा निर्देशक क्रियाशील रङ्गकर्मी मालोत्से गुरुङ, बक्सिङ खेलाडी चन्द्रबहादुर गुरुङ, तेक्वान्दो खेलाडी रमिला टी खत्री, कराँतेतर्फ सुवास खड्का, यु–१९ क्रिकेट खेलाडी सुनिल रानामगर, फुटबलतर्फ दिपेश आले र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउने रदिवल्ला मियाँलाई सम्मान गरिएको हो ।

सो अवसरमा मन्त्री रायमाझीले विविधतामा एकता भएको हाम्रो समाजमा विविध क्षेत्रमा स्रष्टाको उल्लेखनीय योगदान रहेको बताए । समाजलाई विभिन्न क्षेत्रबाट योगदान गर्न सकिने बताउँदै, मुलुकको विकास निर्माणमा आ–आप्mनो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकाले समाजका विविध पक्षमा अतुलनीय योगदान गर्नेहरूको सम्मान गरेको बताउँदै रुपामा जन्म भई हरेक क्षेत्रमा योगदान गरेका व्यक्तिलाई आगामी दिनमा पनि उच्च मूल्याङ्कन गरिने जानकारी दिए ।रासस

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ फाल्गुन २८, १२: ५२: ४६

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ फाल्गुन २८, १२: ५२: ४६

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ फाल्गुन २८, १२: ५२: ४६

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP