May 14, 2021, Friday

ओली सरकार हटाउन पौडेल–सिटौला पक्षको मोर्चावन्दी

नयाँ बिकल्प,

काठमाडौं – नेपाली काँग्रेसका नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्थापित गरी नयाँ सरकार बनाउने पर्ने निष्कर्ष निकालेका छन् ।

पोडेल पक्षधर मानिएका महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा शुक्रबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले आजै बोलाएको पदाधिकारी बैठकअघि पौडेल र सिटौला पक्षबीच भएको छलफलमा नेकपा अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकारलाई बिस्थापित गरी नयाँ सरकार बनाउन पहल गर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा पौडेल, सिटौला, महामन्त्री कोइराला, प्रकाशमान सिंह अर्जुननरसिंह केसी लगायतका नेताहरुको सहभागिता थियो । जनता समाजवादी पार्टीका नेताहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीको आग्रह गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका छन् । शुक्रबार ४ बजे नै कांग्रेसले जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्ने भएको छ ।

जनता समाजबादी पार्टी र नेकपा एमालेबीच बिहीबार भएको छलफल सकारात्मक ढंगले अघि बढेपछि ओली नेतृत्वको सरकार बिस्थापित गर्न नसकिएला कि भन्ने त्रासमा रहेको कांग्रेसले आजै जसपाका पदाधिकारीसँग छलफल गर्न लागेको छ ।

कोइराला निवासमा बसेको पौडेल–सिटौला समूहले ओली सरकारलाई बिस्थापित गर्नका लागि नयाँ बन्ने सरकारलाई समर्थन गरेर सरकार बाहिर बस्ने पहिलो विकल्प ल्याएको छ । उनीहरुले दोश्रो बिकल्पको रुपमा मात्र कांग्रेसले बैकल्पिक सरकारको नेतृत्व लिनु पर्ने धारणा अघि सारेका छन् ।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ फाल्गुन २८, १५: २८: ४९

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ फाल्गुन २८, १५: २८: ४९

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ फाल्गुन २८, १५: २८: ४९

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP