May 14, 2021, Friday

एमाले विवादः प्रदेश १ संसद अनिश्चितकालका लागि स्थगन


नयाँ विकल्प,


काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) भित्रकाे विवादकाे प्रत्यक्ष असर प्रदेश १ को प्रदेश सभामा देखिएकाे छ ।

एमाले विवादकाे छाँयामा परेकाे प्रदेश सभा अनिश्चितकालका लागि स्थगन गरिएको छ । सभामुख प्रदीपकुमार भण्डारीले आइतबार सूचना निकालेर संसद् बैठक ‘अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने’ निर्णय गरेका हुन्।

फागुन २० का लागि तय भएको प्रदेशसभा बैठक सूचना टाँस गरेर चैत २ का लागि तोकिएको थियो। आज संसद सचिवालयले सूचना टाँस गरेर अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको हो। मुख्यमन्त्री शेरधन राईले नै आफूविरूद्धको अविश्वास प्रस्ताव छल्न पटक पटक अवरूद्ध पार्दै आएको थिए ।

नेकपा भित्रको विवाद अदालतले राजनीतिक फैसलामार्फत् सल्टाए पनि एमालेभित्र अर्को विवाद सुरू भएको छ। यसको असर प्रदेशसम्मै देखिएको छ। यसबाहेक सरकारले संसदलाई ‘बिजनेस’ पनि दिएको छैन।

माघ ७ मा सुरू भएको हिउँदे अधिवेशन अहिलेसम्म राम्ररी चल्नै पाएको छैन। पहिलो दिन बैठक तीन मिनेट पनि नचली स्थगन भएको थियो। त्यो बेला पनि अनिश्चितकालका लागि स्थगित गरिएको थियो। मुख्यमन्त्री राईविरूद्धको अविश्वास प्रस्ताव फागुन ९ मा मात्रै टेबल भएको थियो। त्यो बैठक सरकारी पक्षले बहिष्कार गरेको थियो।


माओवादी केन्द्र, एमालेको दुबै पक्षसँगको सहमतिमा सभामुखले बैठक रोकेका हुन्। प्रदेश १ संसदमा मुख्यमन्त्री राईविरूद्धको अविश्वास प्रस्ताव दर्ता छ। मुख्य विपक्षी नेपाली कांग्रेसले भने सरकार निरन्तर सदन छल्ने काममा लागेको र सभामुखले पनि सरकारी सिफारिश सदर गरेर सदनप्रति इमानदारी नदेखाएको आरोप लगाएको छ।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ चैत्र १, १३: ४२: ०९

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ चैत्र १, १३: ४२: ०९

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ चैत्र १, १३: ४२: ०९

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP