April 18, 2021, Sunday

मकवानपुरगढी गाउँपालिकाले किसानलाई बाँदर धपाउने उपकरण वितरण गर्दै

वाग्मती–मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गरी खाद्यान्न बाली नोक्सानी पु¥याउने बाँदर धपाउन उपकरण वितरणको तयारी थालेको छ ।

बाँदरका कारण वर्षौदेखि बाली बिरुवामा नोक्सानी खेप्दै आएका गाउँपालिकाभित्रका किसानहरूको समस्यालाई मध्यनगर गर्दै ठूलो आवाज निकालेर बाँदर धपाउने उपकरण वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए ।

गाउँपालिकाले बजेट विनियोजन गरी किसानलाई बाँदर धपाउने २८० वटा उपकरण वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले बताए । गाउँपालिकाले रु ५ लाख बजेट छुट्याएको छ । पहिलो चरणमा २८० वटा उपकरण खरिद गरी वितरण गरिने अध्यक्ष हुमागाईँले बताए ।

उपकरण जीवजन्तुलाई तर्साउन÷डराउनका साथै बालीविरुवामा आएकालाई भगाउन प्रयोग हुने जनाइएको छ । बन्दुक पड्काएको जस्तो आवाज आउने उपकरणबाट ठूलो आवाज आउने भएकाले बाँदरसहित अन्य जीवजन्तु भगाउन सकिने अनुमान गाउँपालिकाले लिएको छ ।

गाउँपालिकाले उपकरण प्राप्त गर्नका लागि किसानहरूलई सूचना प्रकाशित समेत गरेको छ । उपकरण गाउँपालिकाले निःशुल्क वितरण गर्ने अध्यक्ष हुमागाईँले बताए ।

गाउँपालिकाका आठ वटै वडाका बाँदर प्रभावित क्षेत्रका टोलविकास संस्था, सहकारी संस्था, कृषक समूह तथा कृषि फार्महरूले उपकरण माग गर्न सक्ने अधिकृत पुडासैनी बताए । रासस

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ चैत्र ३, १२: ३६: ५६

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ चैत्र ३, १२: ३६: ५६

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ चैत्र ३, १२: ३६: ५६

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP