April 19, 2021, Monday

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा प्रस्तुत गर्नुभएको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । उहाँ वि.सं २०७० को संविधानसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बाँके क्षेत्र नं २ बाट निर्वाचित हुनुहुन्थ्यो । यादवको ७५ वर्षका उमेरमा गत माघ १ गते निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६ गते अपराह्न १ बजे बस्ने भएको छ ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ चैत्र ३, १३: ४७: ३३

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ चैत्र ३, १३: ४७: ३३

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ चैत्र ३, १३: ४७: ३३

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP