May 17, 2021, Monday

अस्पताल भन्छ –पूर्वमन्त्री जोशीको भेन्टिलेटरमा उपचार हुँदैछ, तर फेसवुकबाट नेताले अफबाह फैलाए


नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहेका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

गत फागुन १३ गते मस्तिष्कघात भएर बीर अस्पतालमा र १४ गते बिहानदेखि नर्भिक अस्पतालमा भर्ना भएका जोशीको स्वास्थ्य अवस्था गम्भिर भएको जनाइएको छ । तर, सामाजिक सञ्जालमा मंगलबार साँझदेखि अफबाह फैल्याईएको छ । अस्पतालका अनुसार जोशीलाई मस्तिष्क सम्वन्धी समस्या थ्यालेमिक ह्यामरेज भएको हो ।

‘केही दिनको उपचारपछि जोशीको अवस्थामा सुधार आएपछि आफैंले श्वासप्रश्वास गरेको र केही दिन भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको छ ’ अस्पतालले भनेको छ ।

अस्पतालका कर्पोरेट कम्युनिकेसन र जनसम्पर्क विभागका प्रमुखले बुधबार बिहान ७ बजे जारी गरेको विज्ञप्तिमा हाल भेन्टिलेटरमै राखेर जोशीको उपचार जारी राखिएको र उनको अहिलेको अवस्था गम्भीर रहेको जनाएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, कांग्रेसबाट काठमाडौं क्षेत्र नं १० निर्वाचित प्रतिनिधिसभा सदस्य राजन केसी, नेविसंघ अध्यक्ष राजिप ढुंगानाले अस्पतालको विज्ञप्ति र परिवारका सदस्यको आग्रहलाई समेत बेवास्था गर्दै सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै मृत्युको हल्ला फैल्याएका हुन् ।

नेता जोशीका परिवारका सदस्यले समेत उनको बारेमा सामाजिक सञ्जालमा आएका समाचारलाई लिएर दुःख व्यक्त गरेका छन् । जोशीको आधिकारिक फेसवुकमा पोष्ट गरिएको सन्देशमा व्यक्तिको निधन जस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार नदिन अनुरोध गरेका छन् ।

केही केन्द्रीय सदस्यले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस पोष्ट गर्दै जोशीको निधन भएको भनी श्रद्धाञ्जली दिएका थिए ।

जोशीको फेसवुकमा यस्तो भनिएको छ –‘ नेपाली कांग्रेसका नेता श्री नविन्द्रराज जोशीज्यूको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

उहाँको अहिले पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकाले भ्रमपूर्ण समाचारहरूमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छौं । कुनै पनि व्यक्तिको निधन जस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिनु हुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ ।’

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ चैत्र ४, १२: १४: ४४

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ चैत्र ४, १२: १४: ४४

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ चैत्र ४, १२: १४: ४४

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP