April 19, 2021, Monday

कैलाश गाउँपालिकामा निर्मित प्रसूति केन्द्र हस्तान्तरण

नयाँ विकल्प
काठमाडौं–प्रधानसेनापति पूर्णचन्द्र थापा र सैनिक श्रीमती सङ्घका अध्यक्ष दीपा थापाले मकवानपुरको कैलाश गाउँपालिका–८ मा निर्माण गरिएको प्रसूति केन्द्र भवन गाउँपालिकाकालाई हस्तान्तरण गरेका छन् ।

सैनिक श्रीमती सङ्घद्वारा निर्माण गरिएको उक्त भवन बुधबार आयोजित समारोहमा गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रसूति केन्द्र स्थापना भएसँगै त्यस क्षेत्रका आमा तथा नवजात शिशुको स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउने बताउँदै प्रधानसेनापति थापाले संविधानप्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी हकको सम्मान र संरक्षणका लागि सरकारले लिएका पहलमा सहयोग पुग्ने बताए ।

“इतिहासका हरेक कालखण्डमा नेपाल र नेपालीको हित र स्वार्थका लागि सेना समर्पित रहँदै आएको छ ।” यसअघि उक्त नवनिर्मित केन्द्रको प्रधानसेनापति थापाले उद्घाटन गरेका थिए ।

मातृशिशु मृत्युदर अधिक रहेको मकवानपुरको कैलाश गाउँपालिका पहिचान गरी ‘सुरक्षित प्रसूतिः सुन्दर सृष्टि’ भन्ने नाराका साथ उक्त केन्द्र निर्माण भएको बताएका थिए । उक्त अवसरमा स्थानीय विपन्न घरपरिवारलाई राहतस्वरुप ५०० थान मण्डिसमेत वितरण गरिएको थियो ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ चैत्र ५, १२: ०७: ४०

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ चैत्र ५, १२: ०७: ४०

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ चैत्र ५, १२: ०७: ४०

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP