May 14, 2021, Friday

विद्यार्थीलाई अध्ययनसँगै तरकारी तथा फलफूल खेती सिकाइदै

नयाँ विकल्प
बझाङ–बित्थडचिर गाउँपालिका–४ देउलेखस्थित देवश्वरी माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीले च्याउखेती शुरु गरेका छन् । विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान हासिल गर्न च्याउखेती शुरु गरेका हुन् ।

विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक ज्ञान दिन च्याउखेती शुरु गरेको प्रशिक्षक नरेश विष्टले बताए । स्रोत साधनको अभावका बाबजुद पनि आफूहरू विद्यार्थीलाई सीप सिकाउन लागिपरेको बताए ।

अध्ययनरत विद्यार्थीलाई च्याउखेती मात्रै नभएर तरकारी खेती, फलफूल खेती, नगदे बालीलगायतका विषयमा व्यवहारिकसहित अध्ययन गराइँदै आएको बताए ।

यस्तै कृषि कार्यक्रम संयोजक दिनेश बोहराले च्याउ उत्पादनले राम्रो बजार पाउने र अध्ययनपछि विद्यार्थी स्वरोजगार बन्न ठूलो सहयोग पुग्ने बताउनुभयो । बजार पाएमा च्याउखेतीबाट मनग्य आम्दानी हुने बताए ।

विद्यार्थीले च्याउखेतीका लागि टनेल तयार गरी पहिलोपटक १५० पोकामा बीउ राखेका छन् । देवेश्वरी माविमा प्राविधिक शिक्षातर्फ १८ महिने कृषि जेटिए पठनपाठन हुने गरेको छ ।

झण्डै ३५ विद्यार्थी अध्ययन गरिरहेका छन् । अध्ययनरत विद्यार्थीले व्यवहारिक ज्ञान हासिल गर्न विद्यालयबाट सहयोग पाएको बताएका छन् ।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ चैत्र ६, १२: १८: २५

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ चैत्र ६, १२: १८: २५

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ चैत्र ६, १२: १८: २५

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP