May 14, 2021, Friday

नेपालकै पहिलो रकेट प्रक्षेपण भिमानमा प्रधानसेनापति थापाले गर्ने


नयाँ बिकल्प,

काठमाडौं । नेपाली युवा बैज्ञानिकले तयार पारेको नेपालकै पहिलो रकेटको शनिबार परिक्षणको रुपमा प्रक्षेपण हुने भएको छ ।

प्रधानसेनपाति पूर्णचन्द्र थापाले शनिबार सिन्धुलीको भिमानमा नियर स्पेसले तयार गरेको रकेट प्रक्षेपणको पहिलो परीक्षण गर्ने भएको हो ।

युथ फर नेसन (राष्ट्रका लागि युवा) नामक संस्थाले पत्रकार सम्मेलन गर्दै आरम्भ वान रकेटको परीक्षण हुने बताएको छ । नियर स्पेसको रकेट आठ हजार २०२ फिट माथिसम्म पु‍र्याइने इन्जिनियर शिशिर जिसीले बताए ।

पानीबाटै सवारी साधन चलाउन सकिने परिक्षण सम्पनन गरेका जिसीले सन् २०२४ सम्ममा आफूहरुले एक सय १० किलोमिटर माथि आकासमा रकेट पुर्याउने योजनाका साथ काम भएको बताए ।

जिसीले आफूहरुले ३ वर्षदेखि रकेट बनाउने कार्य शरु गरेको भन्दै अन्तरिक्षको दौडमा नेपालले आफ्नो सफलाता पाउन सक्ने भन्दै सफल भएपछि रकेट र स्याटेलाईट बेच्न सकिने दाबी गरे ।

युथ फर नेसनका अध्यक्ष डा. निकोलस भुषालले सोलार स्कुटर, पानीबाट चल्ने गाडी, प्लास्टिक रोड निर्माणदेखि रकेट उडाउने कार्यका लागि आफूसँग हजारौं युवाले साथ दिइरहेको बताए ।

आरम्भ वान रकेटको परिक्षण शनिबार गरिए पनि आगामी अप्रिल १६का दिन आरम्भ टु रकेट परिक्षण गरिने जिसीले बताए । युवा बैज्ञानिकहरुले शनिबार ६देखि ७ वटासम्म रकेट परिक्षणको रुपमा प्रक्षेपण गरिने बताए ।

यसैगरी, इलेक्ट्रोनिक इन्जिनियर सोभानराज श्रेष्ठले ६० किलोमिटर यात्रा तय गर्नसक्ने नेपालकै पहिलो ड्रोन बनाएका छन् । भौगोलिक बिकटता भएको ठाउँमा आपतकालिन अवस्थामा औषधि ढुवानी गर्न यो ड्रोनको उपयोग गर्न सकिने बताए ।

भिमानमा हुने रकेट प्रक्षेपण परीक्षणको समयमा उनले आफ्नो ड्रोन समेत परीक्षण गर्ने भएका हुन् । शनिबार परिक्षण गर्ने ड्रोनलाई १० किलोमिटरको दूरीमा उडाइने बताए । ड्रोन उडाउने परिक्षणको लागि राज्यले उपयुक्त बातावरण नबाएको उनको गुनासो छ ।

आफूहरुको परिक्षण कयौं पटक असफल भए पनि हार नखाएको र सफलता प्राप्त गर्न नेपाली सेनाको सहयोगमा २० देखि ३० किलोमिटरसम्मको दूरीमा सो ड्रोनलाई सिन्धुलीमा परिक्षण गर्न अवसर पाएकोमा हर्ष व्यक्त गरे ।

६० किलोमिटरको दूरीसम्म उड्ने गरी डिजाइन गरिएको गौंथली ड्रोनले १५ केजी तौलसम्मको सामान बोक्न सक्छ । बाहिर बनेका ड्रोनहरु हाइ अल्टिच्यड सुहाउँदो नभएको भन्दै श्रेष्ठले आफ्नो ड्रोन भने तीन हजार मिटरसम्मको उचाईसम्म उडाउन सकिने गरी डिजाइन गरिएको बताए ।

सो अवसारमा माओबादीको शसस्त्र द्वन्द्वको समयमा, ग्रिनेड, बम, रकेट लन्चरदेखि रेडियो ट्रान्समिटरसम्म निर्माण गरेको अनुभव बटुलेका देवेन्द्र श्रेष्ठले राज्यले बिज्ञान र प्रविधिको क्षेत्रमा लगानी गरेमा रकेट र अन्य अत्याधुनिक हतियार निर्माण गर्न सक्ने दाबी गरे ।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ चैत्र ६, १२: ४२: ३१

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ चैत्र ६, १२: ४२: ३१

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ चैत्र ६, १२: ४२: ३१

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP