April 18, 2021, Sunday

सिँचाइ अभावका कारण खेतीयोग्य जमिन बाँझै

नयाँ विकल्प
जाजरकोट–डोल्पा सदरमुकाम दुनैबाट जाजरकोट हुँदै सुर्खेततिर बग्ने भेरी नदीमा भारी मात्रामा पानी बगे पनि उपयोगविहीन भएको छ ।

नदीको छेउछाउमा खेतीयोग्य जमिन सिँचाइ अभावमा बाँझै रहेका छन् । कुनै पनि दूरदर्शी योजना नहुँदा नजिकै पानी भए पनि प्रयोगविहीन भई ठूलो मात्रामा जमिन बाँझो बन्न पुगेको हो ।

वर्षायाममा आकाशे पानीको भरमा एक बाली खेती लगाए पनि हिउँदयाममा सिँचाइ नहुँदा अधिकांश जमिन बाँझै रहने गरेका छन् ।

वर्षायाममा खोलामा पानीको मात्रा बढ्ने भएकाले सिँचाइ गरी बाली लगाउने कृषक हिउँदयाममा खोलामा पानी सुक्दा पानी अभावमा जमिन बाँझो राख्न बाध्य छन् ।

नलगाड नगरपालिकाको तल्लुवगर, रुकुम पश्चिमको छर्रेबर्गी, अनाह, मन्मै, भेरी नगरपालिकाको रिम्ना, कुदु, आली र भुरचौरलगायत ठाउँमा भेरी नदीबाट सजिलै पानी तान्न सकिने भए पनि कृषकसँग आवश्यक बजेट नहुँदा समस्या भएको मन्मैका कृषक प्रेमबहादुर खत्रीले बताए ।

लिफ्टिङ प्रणालीबाट पानी तानेर सिँचाइ गर्न सकिने भए पनि आर्थिक हैसियत नभएको जनाउँदै जमिन बाँझो राख्न बाध्य भएको बताए ।

त्यस्तै डोल्पा, रुकुम पश्चिम र सुर्खेतका राकमलगायत ठाउँमा समेत भेरी नदीको पानी तान्न सकिने सम्भावना रहँदै आएको छ ।

स्थानीय सरकारले ठूला लगानीका योजना सञ्चालन गर्न नसक्ने र केन्द्र सरकारले खासै ध्यान नदिँदा वर्षेनी उत्पादनशील जमिन सिँचाइ अभावमा बाँझै राख्नुपरेको कृषकले पीडा सुनाएका छन्।

“घरको आँगनबाटै भेरी नदी उर्लिएर बगेको देखिन्छ, तर हाम्रा जमिन पानी अभावमा बाँझै रहँदा मन दुखेर आउँछ, तर के गर्नु हामीसँग पैसो छैन पानी तान्न”, भेरी नगरपालिका–११ का आकाश बटालाले भने । रासस

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ चैत्र ६, १३: १२: ४६

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ चैत्र ६, १३: १२: ४६

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ चैत्र ६, १३: १२: ४६

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP