नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले राज्य संचालनका हरेक अंगमा प्रत्यक्ष हस्क्षेप गर्दै आफ्ना समर्थक र भक्तलाई मात्र स्वार्थ अनुकुल नियुक्ति र सुविधा दिँदै आएको चर्चा राजनीतिक बृत्तमा छरपस्ट छ ।
तर, ओलीको प्रभाव राज्य संचालनमा मात्र हैन, राज्यको चौथो अंग भनिएको नेपाल पत्रकार महासंघमा पनि त्यस्तै देखिन्छ । गृह जिल्ला र झापा र त्यसमा पनि आफ्नो निर्वाचन क्षेत्रका हर कोही कार्यकर्तालाई खोजी खोजी सुविधा बाँड्ने प्रधानमन्त्री ओलीले यस पटक पत्रकार महासंघ झापाले वितरण गर्ने पुरस्कारमा पनि यस्तै दबाब दिएका छन् ।
प्रधानमन्त्री ओलीको दबाबका कारण मुलुकको चौथो अंग भनिएको पत्रकारिता क्षेत्रमा सबै संचारकर्मीको साझा संगठन भनिएको नेपाल पत्रकार महासंघ झापाले समेत ‘केटो’ अर्थात् मेची अञ्चलकै जेठो पत्रिकाको नाममा स्थापित पत्रकारिता पुरस्कार पनि कार्यकर्तालाई नै वाँडिएको छ ।
झापामा अत्यन्तै सम्मानित पुरस्कार यसबाट झापाली पत्रकारितामा क्रियाशिल गोपाल गड्तौला, तीर्थ सिग्देल, रमेश समदर्शी र डिकेश लामाले पाएका थिए । तर, यो वर्ष महासंघ झापाले यो पुरस्कारको ओज र गरिमालाई नै तल झारेको छ ।
प्रत्येक तीन वर्षमा वितरण गरिने यो पुरस्कार पत्रकारिता छाडेको व्यक्तिलाई दिइँदा विवादित बन्न पुगेको हो । करिब ढेड वर्षदेखि पत्रकारितामा निष्कृय दमककी गीताकुमारी ढुंगानालाई यसवर्ष महासंघले पुरस्कार दिएको हो ।
नारी संचार गृहको पहलमा यसपटक केटो पत्रकारिता पुरस्कार महिला पत्रकारलाई दिने महासंघले सहमति जनाएको दाबी गरेको छ । तर, राजनीतिक भागबन्डाका कारण दैनिक रिर्पोटिङमा खटिएका पत्रकारलाई भने पाखा लगाइएको छ ।
ढुंगाना यसअघि दमकस्थित हिमशिखर टेलिभिजनमा समाचार वाचिकाको काम गर्दै आएकी थिइन् । उनमा रिर्पोटिङ समेत अनुभव नभएको उक पत्रकार बताउँछन् ।
झापामा फिल्डमा खटिएर दैनिक बाइलाइनसहित समाचार लेखिरहेका पत्रकार मनिषा चम्लागाईं, सुष्मा त्रिखत्री, राधा खनाल, सुनिरा मैनाली, सुष्मा राजवंशी, भारती राईजस्ता क्रियाशिल महिला पत्रकारहरु राजनीतिको ओत नपाउँदा पुरस्कार पाउनबाटै बञ्चित भए ।
‘गीताले समाचार पढेको मात्र देखियो । उनले कहिल्यै रिर्पोटिङ गरेको देखिएन । अहिले त उनी एक वर्षभन्दा धेरै समयदेखि पत्रकारितामा नै छैनन् । फिल्डमा खटिएर काम गर्ने महिला पत्रकारसँगै झापाका सबै पत्रकारलाई यो कार्यले निरुत्साहित ग¥यो ।
अनेकौं समस्या र चुनौतिको सामना गर्दै स्थलगत रिपोर्टिङ गर्ने पत्रकारको साखमा तेजोबद गर्ने गरी पत्रकार महासंघ झापाले गरेको यस्तो निर्णयको हाल सर्बत्र आलोचना, टिप्पणी र निन्दा भएको छ ।
राजनीतिक भागबण्डाको आधारमा अहिले पुरस्कार दिएर आगामी चैत २४ गते हुने महासंघको निर्वाचनमा आफू उम्मेदवार हुने र अनेकौं सहयोग र समर्थन पाउने आशा र प्रलोभनमा महासंघ झापाले यस्तो निर्णय गरेको हुन सक्ने क्रियाशिल पत्रकारहरुले आंकलन गरेका छन् ।
‘यो पुरस्कारको राशी १० हजार मात्र हो । तर, यसको ओज र गरिमासामान्य छैन’, एक पत्रकारले भने ढुंगाना प्रधानमन्त्री केपी शर्मा ओली सूमहको प्रेस चौतारी झापाको कार्यसमिति सदस्य हुन् ।
यही कारण राजनीतिक सन्तुलन मिलाउन पत्रकार महासंघ अध्यक्ष तारामणि सापकोटा र उपाध्यक्ष एकराज गिरीले गीतालाई प्रस्ताव गरेको पत्रकार महासंघ झापाका एक कार्यसमिति सदस्यले बताए ।
‘महासंघको मिटिङमा त हामी खाजा खान जाने मात्र हो । हाम्रा कुरा सुनिँदैन । अध्यक्ष र उपाध्यक्षले अगाडि नै योजना बनाएर आएको हुन्छ । जति कराए पनि अन्तिममा ताली बजाउनै पर्छ । हामीले गीता यो पुरस्कारका लागि उपयुक्त हैन भन्यौं तर, सुनिएन’, कार्यसमितिकै एक सदस्यले भने ।
‘प्रस्ताव गर्दा काम गरेका साथीहरू मनिषा चम्लागाईंलगायतको पनि नाम आयो । तर, पास गर्ने बेला गीताको गरियो अचम्म लाग्यो’, ति सदस्यले भने । यद्यपि शाखाले नै वितरण गर्दै आएको ५१ हजार राशीको मोतिराम पत्रकारिता पुरस्कारका लागि महासंघले उपयुक्त पात्र छानेको झापाली पत्रकार बताउँछन् ।
झापाका जेठा पत्रकार गोविन्दचन्द क्षेत्रीलाई यो पुरस्कार दिइएको छ । उनी ७७ वर्षको उमेरमा पनि पत्रकारितामा क्रियाशील छन् । उनी अहिले ‘द हिमालय टाइम्स’मा झापा संवाददाताका रूपमा कार्यरत छन् ।
‘मोतिराम पत्रकारिता पुरस्कारमा केही भन्नु छैन । यहाँ भन्दा उपयुक्त पात्र अरू छैनन्,’ एक पत्रकार भन्छन्, ‘तर, केटो पत्रकारिता पुरस्कारमा पाउने मान्छे र केही नेता पत्रकारबाहेक काम गर्ने कोही पत्रकार पनि सन्तुष्ट छैनन् ।’
पुरस्कार २९ फागुनमा बिर्तामोडमा वितरण गरिएको थियो । पुरस्कार उपयुक्त व्यक्तिले नपाएको भन्दै झापाका अधिकांश व्यवसायिक पत्रकारहरू कार्यक्रममै गएनन् ।
नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...
नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...
नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...