April 19, 2021, Monday

सिंगटी हाईड्रोद्वारा सर्वसाधरणका लागि २९ लाख कित्ता शेयर निष्कासन


नयाँ बिकल्प,
काठमाडौं । दोलखाको सिंगटीमा निर्माण सम्पन्न भएर परिक्षण उत्पादन समेत भएको सिंगटी जलविद्युत आयोजनामा सर्बसाधरणले समेत अव लगानी गर्न पाउने भएका छन् ।

सिंगटी हाइड्रो इनर्जीले सर्वसाधारणका शुक्रबारबाट शेयर आवेदन दिन मिल्ने गरी शेयरको बिक्री खुलाएको हो । प्रतिकित्ता सय रुपैयाँ अंकित २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ ।

निष्कासन भएको शेयरमध्ये ५८ लाख रुपैयाँ बराबरको ५८ हजार कित्ता अर्थात २ प्रतिशत शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

१ करोड ४५ लाख रुपैयाँ बराबरको १ लाख ४५ हजार कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिएको हो ।

सर्वसाधारणले चैत ६गतेदेखि छिटोमा चैत १० गतेसम्म र ढिलोमा चैत २० गतेसम्म न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।

शेयर निष्कासन गरी बाँडफाँड गर्न मेगा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले यसअघि पनि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता सेयर निष्कासन गरी बाडफाँड गरिसकेको छ ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ चैत्र ६, १३: ५६: ४०

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ चैत्र ६, १३: ५६: ४०

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ चैत्र ६, १३: ५६: ४०

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP