May 17, 2021, Monday

भारतीय सहयोगद्वारा नुवाकोटमा पुनर्निर्मित विद्यालयको उद्घाटन

नयाँ विकल्प
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र केन्द्रीय परियोजना कार्यान्वयन इकाई (शिक्षा) का परियोजना निर्देशक रामशरण सापकोटाले भारतीय सहयोगद्वारा विद्यालयहरु पुननिर्माण भएकोमा दुतावासलाई विशेष धन्यवाद दिएका छन् ।

भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रमुख नवीनकुमार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नुवाकोटमा पुनर्निर्माण गरिएका चारवटा विद्यालयहरुको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कालिका, पिमलटार, श्रीपञ्चलिङ्गेर श्रीसरस्वती माध्यमिक विद्यालय भारत सरकारको पुनर्निर्माण अनुदान अन्तर्गत निर्माण गरिएका हुन् ।

उक्त समारोहमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (नुवाकोट), ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिकाका प्रतिनिधि एवम् अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्डअनुरुप निर्माण गरिएका यी चार विद्यालयहरुको पुनर्निर्माण लागत करिब १६.७ करोड नेपाली रुपैयाँ रहेको छ । यी नवनिर्मित विद्यालयमा कक्षाकोठा भवन, प्रशासनिक भवन, अभ्यास भवन र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहेको छ ।

यी चार विद्यालयमा अध्ययनरत १८०० भन्दा बढी विद्यार्थीका लागि नवनिर्मित संरचनाले अझ प्रभावकारी वातावरण सिर्जना गर्नेछ ।

शिक्षाको क्षेत्रमा पुनार्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता अनुरुप नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण भइरहेको छ ।

यी चार विद्यालय पनि यही परियोजना अन्तर्गतका हुन् । यस परियोजनाबाट लाभान्वित हुने आठ जिल्लाहरु क्रमशः गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ र काठमाडौं हुन् । हालसम्म ८ वटा विद्यालय निर्माण भइसकेका छन् भने बाँकी ६२ वटा विद्यालयहरु निमार्णाधीन अवस्थामा छन् ।

त्यसैगरी, कार्यक्रममा बोल्दै प्रेस, सूचना तथा संस्कृति प्रभाग प्रमुखकुमारले राष्ट्र र जनताको सुनिश्चित भविष्यका लागि शिक्षानै सर्वोत्तम लगानी रहेको कुरामा विशेष जोड दिए ।

शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल प्रदान गर्दै भारत सरकारले सन् २००३ यता सयौं शैक्षिक क्याम्पस निर्माण गरिसकेको छ ।

राष्ट्रको विकासमा योगदान पु¥याउन र भारत–नेपाल सम्बन्धलाई अझ मजबुत बनाउन भारत सरकारले प्रदान गर्दै आएको ३००० भन्दा बढी छात्रवृत्तिको लाभ लिन नवीनकुमारले नेपाली विद्यार्थीलाई प्रोत्साहित गरे ।

त्यस्तै, स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले २०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता जनाइसकेको छ ।

अहिलेसम्म गोरखा र नुवाकोट जिल्लामा ४७,००० घरहरु निर्माण भइसकेका छन् । बाँकी घरका निर्माणकार्य अघि बढिरहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणर सम्बन्धित नगरपालिकाका अधिकारीहरुले लाभग्राहीहरुलाई वर्षायाम आउनु अघिनै निर्माण कार्यसम्पन्न गरिसक्न आग्रह गरेका छन् ।

त्यस्तै, २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका नेपालका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सवलीकरणर १४७ वटा स्वास्थ्य भवनको निर्माण भारतको आर्थिक सहयोगमा भइरहेको छ ।

पुनर्निर्माण परियोजना यथासक्य चाँडै सम्पन्न गर्न दुवै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा दूतावास एक आपससँग सहकार्य गर्दै काम गरिरहेको छ ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ चैत्र ६, १७: ४३: १६

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ चैत्र ६, १७: ४३: १६

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ चैत्र ६, १७: ४३: १६

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP