June 21, 2021, Monday

नगेन्द्रप्रसाद –आशालता पुरस्कार शताब्दीपुरुष जोशीलाई


नयाँ बिकल्प,

काठमाडौं । पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल र उनकी धर्मपत्नी आशालताको नाममा स्थापित नगेन्द्र प्रसाद–आशालता रिजाल भाषा, साहित्य, संस्कृति पुरस्कार २०७७ बाट बरिष्ठ साहित्यकार संस्कृतिविद्, शताब्दीपुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको छ ।

नगेन्द्र प्रसाद–आशालता रिजाल प्रतिष्ठानले शनिबार राजधानीमा औपचारिक कार्यक्रम गरी १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित शदाब्दीपुरुष जोशीलाई सम्मान गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा.प्रा. गंगाप्रसाद उप्रेतिले जोशीलाई नगद र पुरस्कारसहित सम्मान गरेका हुन् । देशको दुई पटकसम्म प्रधानमन्त्री भएका रिजाल धर्म,संस्कृति र संस्कारप्रति प्रतिवद्ध निष्कलंक र कम बिबादित व्यक्तित्व भएको उपकूलपति उप्रेतिले बताए ।

कांग्रेस नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्रप्रसाद रिजालले देशप्रेम, समृद्धि र समाज सुधार तथा राजनीतिमा नगेन्द्रप्रसाद रिजालको योगदान रिजाल परिवार र देशको लागि गौरवको विषय भएको बताए ।

नेता रिजालले आफ्नो राजनीतिक पृष्ठभूमि र पारिवारिक सम्वन्ध नेपाली कांग्रेस र कोइराला परिवारप्रति भएपनि पञ्चायतमा नगेन्द्रप्रसाद दोश्रो पटक प्रधानमन्त्री भएको बेला कांग्रेस नेता गिरिजाप्रसाद कोइरालासँग आफूले भेट गराएको स्मरण गरे ।

बरिष्ठ चिकित्सक डा. भोला रिजालले आफ्ना काका नाता परे पनि नगेन्द्रप्रसाद सत्तामा हुँदा कहिल्यै बिबादमा नपरेको तथा शिक्षा, भौतिक पूर्वाधार र छिमेकीसँगको सम्वन्ध बिस्तारमा अविश्वमरणीय योगदान दिएको बताए ।

प्रतिष्ठानकी अध्यक्ष ईन्दिरा रिजालले मकवानपुरको इन्द्र सरोवर (कूलेखानी), महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पस, जनता माध्यमिक बिद्यालय, चतरादेखि बराहक्षेत्रसम्मको बाटो निर्माण लगायतको ऐतिहासिक कार्य गरेको स्मरण गरिन ।

प्रतिष्ठानका सचिव दधिराज सुवेदीले पञ्चायत कालमा सिंहदरबार आगलागी भएपछि तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजिनामा दिएपछि रिजालाई प्रधानमन्त्री बनाइएको र दोश्रो पटक प्रधानमन्त्री भएपछि राजनीतिक दलहरुमाथिको प्रतिवन्ध फुकाउने र निर्वाचनमा दलहरुले भाग लिन पाउने केही खुल्ला बातावरण निर्माणमा योगदान दिएको चर्चा गरे ।

पुरस्कृत व्यक्तित्व जोशीले स्वर्गीय प्रधानमन्त्री रिजाल निष्ठावान, भद्र, इमान्दार र सहमतिको आधारमा शासन सत्ता चलाउने निष्कलंक बिबादरहित प्रधानमन्त्री भएको चर्चा गरे । उनले रिजालले संस्कृतिको जगर्ने र प्रबद्र्धनमा महत्वपूर्ण योगदान भएको बताए ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ चैत्र ७, २२: ४५: १७

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ चैत्र ७, २२: ४५: १७

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ चैत्र ७, २२: ४५: १७

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP